२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बार्सिलोना फेरि शीर्ष स्थानमा, कप्तान मेस्सी घाइते भए

२०७५, ४ कार्तिक आईतवार ०३:२५

कात्तिक ४, काठमाडौँ | स्पेनिस ला लिगा फुटबलमा अंक तालिकामा आफूभन्दा माथि रहेको सेभियालाई हराएर बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । 

तर, सेभियासँगको खेलमा बार्साका कप्तान लियोनल मेस्सी घाइते भएका छन् । उनको चोट कति गम्भीर हो भन्ने निर्क्यौल भैसकेको छैन ।  

डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले शनिबार अबेर क्याम्प नोउमा भएको खेलमा पाहुना टोली सेभियालाई ४- २ गोल अन्तरले हराएर शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको दोश्रो मिनेटमै मेस्सीको पासमा काउन्टिन्होको गोलबाट अग्रता लिएको बार्साका लागि दोश्रो गोल १२ औँ मिनेटमा मेस्सीले गरेका थिए । २४ औँ मिनेटमा पाखुरामा चोट लागेपछि मेस्सी मैदानबाट बाहिरिए थिए । 

लुइस स्वारेजले ६३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि बार्सा ३-०ले अगाडी भएको थियो । 

सेभियाका पाब्लो सराबियाले ७९ मिनेटमा एक गोल फर्काए । इभान राकिटिकले ८८ औँ मिनेटमा गोल गरेर बार्सालाई ४-१ को अग्रता दिलाएका थिए । तर, अतिरिक्त समयमा सेभियाका मुरिएलले गोल गरेपछि समग्रमा बार्सा ४-२ ले बिजयी बन्यो ।  

शुक्रबार भएको नवौं खेल जित्दै डिपोर्टिभो अलाभेस १७ अंकसहित शीर्ष स्थानमा उक्लिन सफल भएको थियो । तर, शनिबारको खेलमा दोश्रो स्थानको सेभियालाई हराएपछि बार्सिलोना १८ अंकसहित फेरि शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।


सिजनको सुरुआत शानदार गरेको बार्सिलोना पछिल्ला चार खेलमा जितविहीन बनेको थियो । बार्सिलोना लिगको नवौं चरणको खेलमा भने स्पष्ट जित हासिल गर्न सफल भयो ।

बार्सिलोना यसअघिका ४ खेलमध्ये भ्यालेन्सियासँग १–१, एथ्लेटिक बिल्बाओसँग १–१ र जिरोनासँग २–२ को बराबरीमा रोकिँदा लेगानेससँग २–१ ले हारेको थियो ।

आठौँ चरणको खेलबाट १६ अंकसहित शीर्ष स्थानमा पुगेको सेभिल्लाले भने पछिल्ला ४ खेलमा स्पष्ट जिते निकालेको थियो । त्यसक्रममा उसले रियल मड्रिडलाई ३–० ले हराएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति