थाइल्याण्ड र नेपालबीचको खेल आज दिउँसो थाइल्याण्डस्थित चोनबुरी मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

थाइल्याण्ड र नेपालबीचको खेल आज दिउँसो थाइल्याण्डस्थित चोनबुरी मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाए"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपाल थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दै

७ कार्तिक २०७५, बुधबार ०७:१६

कात्तिक ७, काठमाडौँ, | एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ ।  

थाइल्याण्ड र नेपालबीचको खेल आज दिउँसो थाइल्याण्डस्थित चोनबुरी मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले ‘प्रिम्याच कन्फ्रेन्स’मा पहिलो खेलमा नै नेपाली टोलीलाई चुनौती रहेको बताउँदै आफूहरु त्यहीअनुसारको रणनीतिका साथ मैदानमा उत्रने बताउनुभयो । 

यसअघिका खेलमा पनि नेपालले थाइल्याण्डविरुद्ध राम्रो नतिजा निकाल्न सकेको छैन । प्रतियोगिता अगाडि थाइल्याण्डले उत्तर कोरिया, मेक्सिको र चीनसँग मैत्रीपूर्ण खेल खेलिसकेको छ । 

छनोटको समूह ‘बी’मा रहेको नेपालले दोस्रो खेल शुक्रबार भारतसँग र समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग कात्तिक ११ गते आइतबार खेल्नेछ । 

समूह ‘बी’मा नेपालसहित थाइल्याण्ड, भारत र पाकिस्तान रहेका छन् । छनोटको समूह विजेता र उपविजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । आगामी चैतमा हुने दोस्रो चरणको छनोट खेलबाट चार टोलीले एएफसी यू–१९ महिला च्याम्पियनसिपमा छनोट हुनेछन् । एएफसी यू–१९ महिला च्याम्पियनसिप अर्को वर्ष थाइल्याण्डमै आयोजना हुनेछ । च्याम्पियनसिपका लागि चीन, जापान र उत्तर कोरिया यसअघि नै छनोट भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ