२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल कतारबीच फुटबल विकासबारे आयो यस्तो खबर

२०७५, ७ कार्तिक बुधबार ११:४४

कात्तिक ७, काठमाडौँ | फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । 

कतार भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । सम्झौता आगामी पाँच वर्षसम्मका लागि भएको एन्फाले जनाएको छ । 

दुवै राष्ट्रको फुटबल विकासका लागि एन्फा र क्युएफएको मुख्यालय दोहामा एन्फाका अध्यक्ष शेर्पा र क्युएफएका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अलतानीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । 

सम्झौतानुसार दुई राष्ट्रबीचको विभिन्न विषयका लागि व्यवस्थापन टोली, प्राविधिक टोली, प्रशिक्षक, रेफ्री र खेलाडीको आदानप्रदान हुनेछ । त्यसैगरी फुटबलको अध्ययन, अनुसन्धान, महिला फुटबल, युवा फुटबल, फुटसललगायत १७ कार्यमा दुई मुलुकबीच सहकार्य हुने सम्झौतामा उल्लेख छ । 

कतार सन् २०२२ को विश्वकप आयोजक राष्ट्रसमेत हो । हाल कतारले विश्वकपका लागि फुटबल मैदान धमाधाम निर्माण गरिरहेको छ । सम्झौताका लागि एन्फा अध्यक्ष शेर्पा र लिग कमिटीका संयोजक विज्ञानराज शर्मा हाल दोहामा हुनुहुन्छ । यसअघि एन्फाले जापान फुटबल एशोसिएशन (जेएफए)सँग सहकार्य गर्न सम्झौता गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति