2026-06-28 02:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफ यू–१५ च्याम्पियनसिप फुटबल आजदेखि शुरु, नेपाल माल्दिभ्ससँग भिड्दै

2018-10-25

कात्तिक ८, काठमाडौँ | साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । नेपाल र माल्दिभ्सबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । 

नेपाली टोलीका प्रशिक्षक सनोज श्रेष्ठले नेपालले घरेलु मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताउनुभयो । 

“तयारी राम्रै भइरहेको छ, एन्फा एकेडेमीका खेलाडी र खुल्ला छनोटबाट आएको खेलाडी राम्रो लयमा छन् । यस पटक हाम्रो टोली साफ च्याम्पियनको उपाधिका लागि खेल्छ”, प्रशिक्षक श्रेष्ठले भन्नुभयो । आजै हुने पहिलो खेलमा सोही मैदानमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’मा भारत, भुटान र पाकिस्तान छन् । श्रीलङ्काले प्रतियोगितामा सहभागी छैन । प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्नेछ । प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बङ्गलादेशसँग शनिबार खेल्नेछ । 

नेपाली टोलीमा गोलकिपर रोशन नेपाल, रोहन मगर, विनय श्रेष्ठ, डिफेन्डरमा जान लिम्बू, निवास फुयाल, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, सुशील अधिकारी, मिडफिल्डरमा प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ, प्रवीन मगर, राकेश विक, शशांक बोहरा, निराजन मल्ल, धीरज बलायर र स्ट्राइकरमा नमास थापा, सोनम गुरुङ, रोहित शुब्बा, दिपेश राई तथा मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ छन् । 

सन् २०१३ बाट आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको छ । सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो । प्रतियोगिताको चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो । यसअघि भएका तीन संस्करणमध्ये भारतले सन् २०१३ र १७ तथा बङ्गलादेशले सन् २०१५ मा उपाधि जितेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी