२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मैत्रीपूर्ण खेलमा नेपाल विजयी

१४ कार्तिक २०७५, बुधबार ०५:४०

कात्तिक १४, काठमाडौँ | ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मङ्गलबार साँझ भएको मैत्रीपूर्ण खेलमा बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० गोलले पराजित गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । 

नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले एक÷एक गोल गरेका थिए । एन्फाका अनुसार खेलको १६औँ मिनेटमा सावित्राले गोल गरेकी थइन् । दीपाले ५५औँ तथा इन्दिराले ८२आँैं मिनेटमा गोल गरेका थिए । 

तीन मैत्रीपूर्ण खेलका लागि नेपाली टोली गत शुक्रबार चीन गएको हो । अन्तिम खेल नेपाली टोलीले बेइजिङ फोनिक्ससँग आज खेल्नेछ । त्यसपछि नेपाली टोली कात्तिक १६ गते चीनबाट ओलम्पिक छनोट खेल्न म्यानमा जानेछ । 

नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली रहेका छन् । ओलम्पिकको एसियन छनोटअन्तर्गत नेपाल रहेको समूहमा भारत, म्यानमा र बङ्गलादेश छन् । नेपालले कात्तिक २२ गते भारतसँग, २५ गते म्यानमा र २७ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । 

नेपाली टोलीमा गोलकिपर एन्जिला तुम्बोप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गाडे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने तथा स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा रहेका छन् । 

फुटसल प्रतियोगिता शनिबार 

नर्थ वेस्टर्न प्राइवेट स्कूल अर्गनाइजेसन (नोप्सो) को आयोजनामा आगामी शनिबारदेखि अन्तर विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । स्वयम्भू ठूलो भ¥याङको बुद्धचोक फुटुल पार्कमा हुने उक्त प्रतियोगितामा उपत्यकाका १२ विद्यालयको सहभागिता रहने नोप्सोका अध्यक्ष दिलीप रेग्मीले जानकारी दिनुभयो । 

विद्यालयबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना हुन लागेको सो फुटसल प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुनेछ । “विद्यार्थीबीचको सम्बन्ध सुधार तथा लुकेका प्रतिभा बाहिर ल्याउने प्रतियोगिताको मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो । एक दिने सो प्रतियोगितामा सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिने र समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की