२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मैत्रीपूर्ण खेलमा नेपाल विजयी

२०७५, १४ कार्तिक बुधबार ०५:४०

कात्तिक १४, काठमाडौँ | ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मङ्गलबार साँझ भएको मैत्रीपूर्ण खेलमा बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० गोलले पराजित गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । 

नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले एक÷एक गोल गरेका थिए । एन्फाका अनुसार खेलको १६औँ मिनेटमा सावित्राले गोल गरेकी थइन् । दीपाले ५५औँ तथा इन्दिराले ८२आँैं मिनेटमा गोल गरेका थिए । 

तीन मैत्रीपूर्ण खेलका लागि नेपाली टोली गत शुक्रबार चीन गएको हो । अन्तिम खेल नेपाली टोलीले बेइजिङ फोनिक्ससँग आज खेल्नेछ । त्यसपछि नेपाली टोली कात्तिक १६ गते चीनबाट ओलम्पिक छनोट खेल्न म्यानमा जानेछ । 

नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली रहेका छन् । ओलम्पिकको एसियन छनोटअन्तर्गत नेपाल रहेको समूहमा भारत, म्यानमा र बङ्गलादेश छन् । नेपालले कात्तिक २२ गते भारतसँग, २५ गते म्यानमा र २७ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । 

नेपाली टोलीमा गोलकिपर एन्जिला तुम्बोप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गाडे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने तथा स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा रहेका छन् । 

फुटसल प्रतियोगिता शनिबार 

नर्थ वेस्टर्न प्राइवेट स्कूल अर्गनाइजेसन (नोप्सो) को आयोजनामा आगामी शनिबारदेखि अन्तर विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । स्वयम्भू ठूलो भ¥याङको बुद्धचोक फुटुल पार्कमा हुने उक्त प्रतियोगितामा उपत्यकाका १२ विद्यालयको सहभागिता रहने नोप्सोका अध्यक्ष दिलीप रेग्मीले जानकारी दिनुभयो । 

विद्यालयबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना हुन लागेको सो फुटसल प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुनेछ । “विद्यार्थीबीचको सम्बन्ध सुधार तथा लुकेका प्रतिभा बाहिर ल्याउने प्रतियोगिताको मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो । एक दिने सो प्रतियोगितामा सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिने र समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति