2026-06-28 02:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विराटनगरमाथि चितवन ४ विकेटले विजयी

2018-11-03

कात्तिक १७, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबार भएको खेलमा चितवन राइनोजले बिराटनगर टाइटन्सलाई ४ विकेटले पराजित गरेको छ ।

विराटनगरले दिएको १४६ रनको लक्ष्य चितवनले ३ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।

चितवनको जितमा सनी पटेलले नटआउट ५१ रन जोडे । खेलमा १२ बल बाँकी हुँदा चितवनलाई २६ रन चाहिएको थियो । १९ औं ओभरमा चितवनका सनी पटेलले २ छक्का प्रहार गरे भने सोनु तामाङले चौका प्रहार गरेपछि चितवन जीततर्फ अघि बढेको थियो । १९ औं ओभरमा चितवनले १८ रन जोडेको थियो ।

२० औं ओभरमा सनी पटेलले २ छक्का प्रहार गरेपछि चितवनको जित सुनिश्चित भएको हो । सनी पटेलले २४ बलको मद्दतमा ५१ रन जोडेका थिए । उनले ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

चितवनका आरिफ सेखले ३५, समित पटेलले २१, अनिल साहले १३ रन जोडे । बलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले ४, सुनील धमला र साहब आलमले १/१ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको विराटनगरले खेलको पुरै २० ओभरमा ५ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि मोहम्मद जाहिद आलमले ५१ रन बनाए भने सुनिल धमालाले रन ४७ रन जोडे । प्रदीप ऐरि र पुष्प थापाले ११/११ रन बनाए भने अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ चितवनका एसके पटेल र पारस खड्काले विराटनगरको २/२ विकेट लिए । करन केसीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी