२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलम्पिक छनोट : नेपाल र भारतबीचको खेल बराबरी

२०७५, २२ कार्तिक बिहीबार १३:३८

कात्तिक २२, काठमाडौँ (रासस) | ओलम्पिकको एशियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत आज भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । 

म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा भएको समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा दुवै टोलीले बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने नेपालले लिएको थियो । खेलको ११ औं मिनेटमा नेपाली टोलीकी कप्तान नीरु थापाले गोल गर्दै सुरुवाती अग्रता लिएकी थिइन् । 

त्यस्तै खेलको पहिलो हाफको ३७औँ मिनेटमा भारतले एक गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्यायो । भारतका लागि कमलादेवी युम्नामले गोल गरिन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हाफमा भने गोल हुन सकेन । दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् । 

यस खेलसँगै नेपाल र भारतले एक/एक अङ्क जोडेका छन् । भारतविरुद्धको खेलमा नेपालको यो दोस्रो बराबरी हो । यसअघि खेलेको आठ खेलमा नेपाल सात खेलमा पराजित भएको थियो भने एक खेल मात्र बराबरीमा सकिएको थियो । 

सन् २०१६ मा भएको दक्षिण एशियाली खेलकूदको लिग चरणमा नेपाल र भारतको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो । अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिक खेलकूदअन्तर्गत पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ र ‘बी’ मा पाँच/पाँच राष्ट्र रहेका छन् भने समूह ‘सी’ र ‘डी’ मा चार/चार टोली छन् । 

प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् । तेस्रो हुने समेत दोस्रो चरण पुग्नेछ । ओलम्पिकको एशियाली छनोटअन्तर्गत नेपाल रहेको समूह ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश छन् । नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमासँग तथा कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति