२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि हुने

२०७५, ३० कार्तिक शुक्रबार ०७:४१

कुमार चौलागाई | कात्तिक ३०, काठमाडौँ | चाडपर्वका कारण स्थगित गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ । 

गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ, तिहार तथा छठका कारण स्थगित गरिएको थियो । लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन् । शनिबारदेखि हुने लिगको दोस्रो चरणका खेलका लागि सबै तयारी पूरा भइसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा गठित लिग कमिटीका लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो । 

पहिलो चरणको खेल सकिँदासम्म मनाङमस्र्याङ्दी, सङ्कटा, थ्रीस्टार र नेपाल पुलिसले पहिलो खेल जित्दै तीन÷तीन अङ्क जोडेका छन् भने त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, च्यासल, मच्छिन्द्र, न्यूरोड टिम र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै एक÷एक अङ्क जोडेका छन् । त्यसैगरी जावलाखेल, सरस्वती, फ्रेण्डस् र ब्रिगेडब्वाइज हार बेहोर्दै अङ्कविहीन छन् । 

शनिबारदेखि हुने दोस्रो चरणका पहिलो खेलमा मनाङमस्र्याङ्दी क्लब र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल हलचोक मैदानमा बिहान ११ बजे शुरु हुनेछ । सोही दिन हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

त्यसैगरी मङ्सिर २ गते मछिन्द्र क्लब र नेपाल पुसिल क्लबबीच पहिलो तथा ब्रिगेडब्वाइज क्लब र थ्रीस्टार क्लबबीच खेल हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । 

मङसिर ३ गते जावलाखेल युथ क्लब र सङ्कटाबीच पहिलो तथा फ्रेण्डस् क्लब र एपिएफबीच दोस्रो खेल एन्फा मैदानमा हुनेछ । सोही दिन सरस्वती क्बल र हिमालयन शेर्पाबीच हल्चोकस्थित सशस्त्रको मैदानमा खेल भएसँगै दोस्रो चरणको खेल समाप्त हुनेछ । तेस्रो चरणको खेल मङ्सिर ६ गतेदेखि शुरु हुनेछ । 

लिगमा १४ ‘ए’ डिभिजन क्लबहरू थ्रीस्टार, मनाङमस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । 

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउनेछन् । लिगको चौथो टोलीले रु १५ लाख, पाँचाँै टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । ‘फेयरप्ले’ टिमले रु एक लाख पाउनेछन् । प्रत्येक खेल जितेवापत एन्फाले क्लबलाई रु ५० हजार तथा ‘म्यान अफ दि म्याच’ खेलाडीलाई रु १० हजार दिनेछन् । 

यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुनलागेको हो । पछिल्लो पटक विसं २०७१ मा ‘ए’ डिभिजन लिग भएको थियो । 

लिग नखेल्ने एनआरटीको चेतावनी 

यसैबीच न्यूरोड टिम एनआरटीले लिग नखेल्ने चेतावनी दिएको छ । एन्फाले फिफा रेफ्री सुदिस पाण्डेलाई कारवाही नगरेको भन्दै एनआरटीले लिग नखेल्ने बताएको हो । 

एनआरटीले रेफ्री पाण्डेको गलत निर्णयका कारण लिगको पहिलो खेलमा बराबरी खेल्नुपरेको बताउँदै रेफ्रीलाई कारवाहीको मागसहित एन्फामा निवेदन दिएको थियो । एक महीना बितिसक्दा समेत एन्फाले निवेदनका बारेमा केही निर्णय गरेको छैन । 

गत असोज १३ गते शुरु भएको लिगको उद्घाटन खेलमा एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले २–२ गोलको बराबरी खेलेका थिए । अन्तिम समयमा गोलकिपरले धेरै समय बल होल्ड गरेको भन्दै रेफ्री पाण्डेले आर्मीलाई डिबक्सभित्र फ्रिकिक दिएका थिए । 

त्यस्तै पहिलो हाफमा आर्मीलाई दिइएको पेनाल्टीको निर्णय समेत गलत भएको एनआरटीको दाबी थियो । क्लबले रेफ्रीको दुवै निर्णय एनआरटीलाई हराउने नियतले गरिएको भन्दै उचित छानबिन र कारवाहीको माग गर्दै एन्फामा उजुरी गरेको थियो । एनआरटी अध्यक्ष दीपकहर्ष बज्राचार्यले एन्फालाई कारवाही पत्रको विषयमा ध्यानाकर्षण गराए पनि उचित सम्बोधन नभएको बताउनुभयो । 

“हामीले अगाडिबाटै एन्फालाई भन्दै आएका छाँै, तर एन्फाले निवेदनमाथि कुनै निर्णय लिएको छैन, यसबारे निर्णय नभए हामी लिगमा सहभागिता जनाउँदैनौँ ।” एन्फा महासचिव इन्द्रमान तुलाधरले एनआरटीको पत्रमा आन्तरिक छलफल भइरहेको बताउँदै चाँडै विवाद समाधान गरिने बताउनुभयो । 

“रेफ्रीको कारवाहीको विषय निकै संवेदनशील हो, निवेदनबारे छलफल अघि बढिरहेको छ, हामी सहमतिमा पुग्छौँ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी