२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल: शुक्रबार तीन खेल हुँदै (अङ्कक तालिका सहित)

२०७५, ६ मंसिर बिहीबार १६:२८

मङ्सिर ६, काठमाडौँ (रासस) | शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार तीनवटा खेल हुनेछन् । 

शुक्रबार पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा मछिन्द्र क्लब र सङ्कटा क्लबबीच हुनेछ । 

ब्रिगेड ब्वाइज अघिल्लो दुई खेलमा पराजित हुँदै लिग अङ्क तालिकाको पुछारमा छ भने एपिएफ एक जित र एक बराबरीका साथ चार अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा छ । त्रिभुवन आर्मी अघिल्ला दुई खेलमा जित निकाल्दै ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने नेपाल पुलिस एक जित र एक बाराबरीका साथ चार अङ्क जोड्दै तालिकाको चौथो स्थानमा छ । मछिन्द्र एक जित र एक बराबरीका साथ चार अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा रहँदा सङ्कटा समान खेलबाट चार अङ्क जोडदै लिगको पाँचौ स्थानमा छ । 

लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब,संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । राउण्ड रोविन लिगको आधारमा भइरहेको प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउनेछन् । 

हालसम्मको अङ्कक तालिका 

क्र.म टोली खेल जित हार बराबर अङ्क 

मनाङ मस्र्याङ्दी क्लब ३ ९ 

थ्री स्टार क्लब ६ 

सङ्कटा क्लब ६ 

च्यासल युथ क्लब ४ 

हिमालयन शेर्पा क्लब ४ 

एपिएफ क्लब ४ 

त्रिभुवन आर्मी क्लब ४ 

नेपाल पुलिस क्लब ४ 

मछिन्द्र क्लब २ 

१० न्युरोड टीम (एनआरटी) १ 

११ फ्रेन्ड्स क्लब ० 

१२ सरस्वति युथ क्लब ० 

१३ जावलाखेल युथ क्लब ० 

१४ ब्रिगडे ब्वाइज क्लब ० 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति