८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ए’ डिभिजन लिग आज तीन खेल हुँदै, को को भिड्दै छन् ?

७ मंसिर २०७५, शुक्रबार ०७:३१

मङ्सिर ७, काठमाडौँ | शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुँदैछन् । 

आज पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा मछिन्द्र क्लब र सङ्कटा क्लबबीच हुनेछ । 

ब्रिगेड ब्वाइज अघिल्लो दुई खेलमा पराजित हुँदै लिग अङ्क तालिकाको पुछारमा छ, भने एपिएफ एक जीत र एक बराबरीका साथ चार अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा छ । 

यस्तै आजै हुने अर्काे खेलमा दिउँसो २.३० बजे हुने दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तीन अङ्कका लागि भिड्नेछन् । दुबै टिमले लिगमा एक जीत र एक बराबरी खेलेका छन् र समान चार÷चार अङ्क जोड्दै क्रमशः लिगको सातौँ र आठौँ स्थानमा छन् । 

घरेलु फुटबलमा पुलिस क्लब बलियो टोली हो । युवा खेलाडीको आगमनसँगै प्रभावशाली प्रदर्शन गर्दै आएको पुलिसले यसपटक लिग उपाधिलाई लक्ष्य बनाएको छ । 

पुलिसका प्रशिक्षक अनन्त थापाले पुलिसको लक्ष्य उपाधि भएको बताइसकेका छन् । यता राष्ट्रिय टोलीका मुख्य खेलाडी नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, विकेथ कुथु, भरत खवासलगायत खेलाडीले भरिएको आर्मीले समेत घरेलु फुटबलमा आफ्नो वर्चस्व स्थापित गर्ने दाउमा छ । 

अहिलेसम्म आर्मीले लिगको उपाधि जित्न सकेको छैन । पुलिसले भने छ पटक ‘ए’ डिभिजन लिगको उपाधि उचालेको छ । सङ्कटा भने अपराजित टोली हो । यसअघिका दुई खेलमा जीत निकालको सङ्कटा तालिकाको तेस्रो स्थानमा छ । मछिन्द्र एक जीत र एक बराबरीका साथ चार अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए