२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल: सङ्कटाको लगातार तेस्रो जित

२०७५, ७ मंसिर शुक्रबार १६:१२

मङ्सिर ७, काठमाडौँ (रासस) | सङ्कटा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएप) क्लबको मैदानमा आज भएको खेलमा सङ्कटाले मछिन्द्र क्लबलाई २–० गोलअन्तरले हराएको हो । 

सङ्कटाका लागि नितिन थापा र अमित तामाङले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६४ औं मिनेटमा नितिनले गोल गर्दै सङ्कटालाई अग्रता दिलाएका थिए । खेलको ८५ औं मिनेटमा अमितले दोस्रो गोल गरे । सङ्कटा तीन खेलमा नौ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । समान तीन खेलबाट नौ अङ्क जोडेको मनाङ मस्याङ्दी क्लब गोल अन्तरका आधारमा पहिलो स्थानमै छ । मछिन्द्रले तीन खेलबाट दुई अङ्क जोडेको छ । 

शनिबार दुई खेल हुँदैछन् । हल्चोक मैदानमा फ्रेन्ड्स क्लब र सरस्वति युथ क्लबबीच तथा सोही मैदानमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पबीच खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । शनिबारदेखि तेस्रो चरणका खेल समाप्त हुनेछन् । मङ्सिर १० गतेदेखि लिगको चौथो चरणका खेल हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति