८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लक्ष्मी र शिवानी अन्तिम चरणमा

९ मंसिर २०७५, आईतवार ०८:४१

मङ्सिर ९, काठमाडौँ | प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिष बक्सिङ प्रतियोगितामा लक्ष्मी घर्तीमगर र शिवानी श्रेष्ठ अन्तिम चरणमा प्रवेश गरेका छन् । 

शनिबार भएको महिला यु २४ को ५७ केजी तौल समूहमा अल्फाकी लक्ष्मी घर्तीमगरले भक्तपुरकी पुनम कर्माचार्यलाई तथा नक्सालकी शिवानी श्रेष्ठले बानुजकी विभासा श्रेष्ठलाई ३–२ अङ्कको आधारमा पराजित गर्दै अन्तिम चरणमा प्रवेश गरेका हुन् । त्यसैगरी पुरुष यु २४ अन्तर्गत ४९ केजी तौल समूहमा काठमाडाँै बक्सिङ्ग क्लबका दीपेश राई र सुनसरीका विशाल राई अन्तिम चरणमा प्रवेश गरेका छन् । पुरुष ५२ केजी तौल समूहमा ललितपुरका बुद्ध ग्याम्जो लामा र सेन्ट्रल बक्सिङ्गका जीवनकुमार पुन उपाधिका लागि प्रतिस्पर्धी भएका छन् । 

छपन्न केजी तौल समूहमा कास्कीका पुरन रास्कोटी र भक्तपुरका सुजन पौडेल पनि अन्तिम चरणका लागि प्रतिस्पर्धी भएका बनेका छन् । पुरुष ६० केजी तौल समूहमा रोल्पाका दिलबहादुर घर्तीमगर र नक्सालका मौसम रानामगर पनि आ–आफ्नो खेल जित्दै अन्तिम चरणमा प्रवेश गरेका छन् । त्यसैगरी ६४ केजी तौल समूहमा कास्कीका पवन गुरुङ र नक्सालका विवेक वीर गुरुङ, ६९ केजी तौल समूहमा जिमखानाका अनमोल घले र रेजका कोशिष श्रेष्ठ, पुरुष ७५ केजी तौल समूहमा टिकाथलीका प्रिन्स खड्का र पाटनका सुमन महर्जन पनि अन्तिम चरणमा प्रवेश गरेका छन् ।त्यस्तै महिला यु १९ अन्तर्गत ४८ केजी तौल समूहमा अल्फाकी सुशीला थापा र नक्सालकी रमिसा श्रेष्ठले आप्mना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिम चरणको यात्रा तय गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए