2026-06-28 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लक्ष्मी र शिवानी अन्तिम चरणमा

मङ्सिर ९, काठमाडौँ | प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिष बक्सिङ प्रतियोगितामा लक्ष्मी घर्तीमगर र शिवानी श्रेष्ठ अन्तिम चरणमा प्रवेश गरेका छन् । 

शनिबार भएको महिला यु २४ को ५७ केजी तौल समूहमा अल्फाकी लक्ष्मी घर्तीमगरले भक्तपुरकी पुनम कर्माचार्यलाई तथा नक्सालकी शिवानी श्रेष्ठले बानुजकी विभासा श्रेष्ठलाई ३–२ अङ्कको आधारमा पराजित गर्दै अन्तिम चरणमा प्रवेश गरेका हुन् । त्यसैगरी पुरुष यु २४ अन्तर्गत ४९ केजी तौल समूहमा काठमाडाँै बक्सिङ्ग क्लबका दीपेश राई र सुनसरीका विशाल राई अन्तिम चरणमा प्रवेश गरेका छन् । पुरुष ५२ केजी तौल समूहमा ललितपुरका बुद्ध ग्याम्जो लामा र सेन्ट्रल बक्सिङ्गका जीवनकुमार पुन उपाधिका लागि प्रतिस्पर्धी भएका छन् । 

छपन्न केजी तौल समूहमा कास्कीका पुरन रास्कोटी र भक्तपुरका सुजन पौडेल पनि अन्तिम चरणका लागि प्रतिस्पर्धी भएका बनेका छन् । पुरुष ६० केजी तौल समूहमा रोल्पाका दिलबहादुर घर्तीमगर र नक्सालका मौसम रानामगर पनि आ–आफ्नो खेल जित्दै अन्तिम चरणमा प्रवेश गरेका छन् । त्यसैगरी ६४ केजी तौल समूहमा कास्कीका पवन गुरुङ र नक्सालका विवेक वीर गुरुङ, ६९ केजी तौल समूहमा जिमखानाका अनमोल घले र रेजका कोशिष श्रेष्ठ, पुरुष ७५ केजी तौल समूहमा टिकाथलीका प्रिन्स खड्का र पाटनका सुमन महर्जन पनि अन्तिम चरणमा प्रवेश गरेका छन् ।त्यस्तै महिला यु १९ अन्तर्गत ४८ केजी तौल समूहमा अल्फाकी सुशीला थापा र नक्सालकी रमिसा श्रेष्ठले आप्mना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिम चरणको यात्रा तय गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी