८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ए’डिभिजन लिग: आज दुई खेल हुँदै

११ मंसिर २०७५, मंगलवार ०६:२८

मङ्सिर ११, काठमाडौं | शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुईवटा खेलहरू हुँदैछन् । लिगको चौथो चरणअन्तर्गतका खेलहरू चलिरहँदा एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज युथ क्लब र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । 

पहिलो खेलमा सङ्कटासँग अन्तिम समयमा १–० गोल अन्तरले पराजित भएको सरस्वती युथ क्लब दोस्रो खेलमा हिमालन शेर्पासँग सोही गोल अन्तरमा पराजित भएको थियो भने तेस्रो खेलमा फ्रेन्ड्सविरुद्ध ३–० को जित निकालेको थियो । तीन खेलबाट समान तीन अङ्क जोडेका सरस्वती युथ र ब्रिगेड ब्वाइज गोल अन्तरका आधारमा क्रमश नवौँ र दशौँ स्थानमा छन् । 

सोही मैदानमा आजै हुने दोस्रो खेलमा लिगमा अपराजित टोली मनाङ मस्र्याङ्दी क्लब र लिगमा कमजोर प्रर्दशन गरिरहेको एपिएफविरुद्व खेल हुनेछ । लिगमा शतप्रतिशत जीत निकाल्ने मनाङ एक्लो टोली हो । एपिएफले एक हार, एक बराबरी र एक जितको नतिजा निकालेको छ । तेस्रोचरणको खेलमा उपाधि दाबेदार थ्रीस्टार क्लबलाई पराजित गरेको मनाङले त्यसअघि एनआरटी र ब्रिगेड ब्वाइजलाई पराजित गरेको थियो । 

एपिएफले पहिलो खेलमा हिमालयन शर्पासँग गोलरहित बराबरी खेलको थियो । दोस्रो खेलमा फ्रेन्ड्सविरुद्व जित निकालेको एपिएफ तेस्रो खेलमा ब्रिगेड ब्वाइजससँग पराजित हुन पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए