२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ए’ डिभिजन लिग: सरस्वती क्लव विजयी

२०७५, ११ मंसिर मंगलवार ११:५८

मङ्सिर ११, काठमाडौँ | शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । 

सात दोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को मैदानमा भएको खेलमा सरस्वतीले ब्रिगेड व्वाइजलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । सरस्वतीको जीतमा विनोद केसी र विदेशी खेलाडी फान्सिस ओकेछुक्वु ओन्यमले एक एक गोल गरे । 

खेल शुरुवातीको तेस्रो मिनेटमा नै सरस्वतीका विनोदले गोल गर्दै पहिलो अग्रता लिए । उनले कप्तान दीपेश श्रेष्ठको पासमा गोल गरेका थिए । तर त्यो सरस्वतीको पहिलो अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको सातौँ मिनेटमा नै ब्रिगेड ब्वाइजका अब्दुल करीम हामोदले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । उनले काजिमले दिएको पासलाई गोलमा परिणत गरेका थिए । 

खेलको दोस्रो हाफमा सरस्वतीले पुनः एक गोल थप्यो । खेलको ५२ औँ मिनेटमा भिक्टरको क्रसलाई सदुपयोग गर्दै फ्रान्सिसले हेडमार्फत गोल गरे । सरस्वतीका सुमन लामा म्यान अफ दि म्याच घोािषत भए । यो जितसँगै सरस्वतीले चार खेलमा ६ अङ्क जोड्दै अङ्क तालिकाको सातांै स्थानमा उक्लेको छ । यता समान चार खेल खेलेको ब्रिगेड ब्वाइज १ जित र ३ हारसहित ३ अङ्कका साथ लिगको एघारांै स्थानमा छ । 

कार्कीले लिगका बाँकी खेल नखेल्ने 

विभागीय टोली त्रिभुवन आर्मी क्लबमा स्ट्राइकर जर्ज प्रिन्स कार्कीले शहीद स्मारक ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् । 

नेपाली राष्ट्रिय टोलीका सदस्यसमेत रहेका कार्कीले आर्मीको तालीममा जानुपर्ने भएकाले लिग गुमाउने भएका हुन् । नेपाली सेनाका सेकेण्ड लेफ्टिनेन्ट कार्कीको बढुवा भएको र तालीमका लागि जानु परेका कारण लिगबाहिर रहने प्रशिक्षक नवीन न्यौपानेले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति