२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिप लामिछानेलाई टी–१० मा ब्याडलक: १२ बल खेल्दा ७ छक्का !

२०७५, १३ मंसिर बिहीबार १४:२८

मङ्सिर १३, काठमाडौँ | यूएईमा जारी टी–१० क्रिकेट अन्तर्गत नर्दर्न वारियर्सविरुद्धको खेलमा नेपाली युवा बलर सन्दीप लामिछानेको पर्दर्शन निकै खराव बनेको छ । 

खेलमा पहिलो ओभर बलिङ गरेका सन्दिपले १ ओभरको खेलमै २२ रन दिए । उनले क्रमश: ६, ६, २, ६, १, १ रन बनाउन दिएर नर्दर्न वारियर्सलाई २२ रन जोड्न दिए । सन्दिपले रन मात्र धेरै दिएनन् – पहिलो ओभरकै खेलमा निकोलस पूरनको क्याच समेत गुमाउन पुगे ।


त्यसपछि पुन: अर्को ओभरको खेलमा बलिङ गर्न आएका सन्दिपले क्रमश: ६, ६, ६, १, ६, ० का दरले २५ रन बनाउन दिए । यसरी खेलमा १२ बल प्रहार गर्ने क्रममा सन्दिपको बलिङबाट नर्दर्न वारियर्सले ७ छक्का प्रहार गर्दै बिना विकेट कुल ४७ रन बनाइदियो । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केरलाले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । १०२ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको नर्दर्न वारियर्सलाई सन्दिप एक्लैले २ ओभरमै ४७ रन दिएपछी लक्ष्य पुरा गर्न निकै सहज भईदियो । 


नर्दर्न वारियर्ससँग खेल हारेसँगै संदिपको टिम केरलालाई प्लेअफमा पुग्न निकै कठिन भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति