2026-09-13 01:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मिर्चैया: टी–२० क्रिकेटको उपाधि सिरहा एकेडेमीको कब्जामा

राम नारायण पंडित | मङ्सिर १५, सिरहा | सिरहाको मिर्चैयामा सम्पन्न टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सिरहा एकेडेमीले कब्जा गरेका छन् । बिजयादशमी, शुभदिपाबली तथा छठ पर्बको अबसरमा आयोजित अन्तर–जिल्ला स्तरीय टी–२० प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज (शनिवार) सम्पन्न फाइनल खेलमा सिरहा एकेडेमीले महेन्द्रनगर क्रिकेट टिमलाई ४ बिकेटले पराजित गर्दै बिजयी भएका छन् । 

टस जितेर पहिला ब्याटिंग गरेको महेन्द्रनगर टिमले १८ ओभरमा अलआउट हुँदै ६४ रन बनाएको थियो । जबाफमा ६५ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेका सिरहा एकेडेमीले १८.५ बल खेल्दै ६ बिकेटको क्षतिमा लक्ष्य हासिल गर्दै बिजयी भएका छन् ।  

मिर्चैया नगरपालिका बडा नं. ५ स्थित मोहन माबिको मैदानमा भएको खेलमा बिजेता टिम सिरहा एकेडेमीलाई मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले २५ हजार रुपैया नगद र ट्रफी प्रदान गरेका थिए । त्यसैगरी उपबिजेता टिम महेन्द्रनगरलाई माँ अम्बे ट्रेडर्स एण्ड ग्लोबल ट्रेडिङ मिर्चैयाका संचालक लालबाबु साहले १५ हजार नगद र ट्रफी प्रदान गरेका थिए ।

पुरस्कार बितरण गर्दै मेयर यादबले नगरमा खेलको बिकासकालागि  मिर्चैयामा प्रदेश स्तरका खेलकुद आयोजना गर्ने उद्घोष गरेका छन् । कार्यक्रममा बडा नं. ४ का बडा अध्यक्ष दिनेश कुमार यादब, बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह लगायत स्थानियबासी, ब्यापारी, खेलप्रमी लगायतका उल्लेखनिय उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले