२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शहीद स्मारक ‘ए’ डिजिभन लिग: एपिएफले एनआरटीलाई हरायो

२०७५, १८ मंसिर मंगलवार १०:१८

मङ्सिर १८, काठमाडौँ | शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आज भएको छैटौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । 

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । जारी प्रतियोगितामा एपिएफको यो दोस्रो जित हो । यस जितसँगै एपिएफले सात अङ्क जोड्दै अङ्क तालिकाको सातौँ स्थानमा उक्लेको छ । 

यसअघि खेलको पाँचौं चरणको खेलसम्म विभागीय टोली एपिएफले लिगमा एकमात्र जित दर्ता गरेकोथियो भने एकमा बराबरी र तीनवटा खेलमा पराजित भएको थियो । एपिएफको जितमा युवराज लामा र सुदीप शिखरकारले एक–एक गोल गरे । युवराजले खेलको पहिलो हाफमा एक गोल गरे भने सुदीपले दोस्रो हाफमा गोल गरे । 

खेल शुरुवातीको पाँचांै मिनेटमा युवराजले गोल गर्दै एपिएफलाई पहिलो अग्रता दिलाए । उनले गोल गरेको १० मिनेट पनि बित्न नपाउँदै एनआरटीका राजेश परियारले एक गोल फर्काए । तर एनआरटीले त्यो एक÷एक गोलको बराबरीलाई कायम गर्न सकेन । खेलको ७३ आँै मिनेटमा सुदिपले एक गोल थप्दै एपिएफको लागि विजयी गोल गरे । यता जारी लिगमा एनआरटीले अहिलेसम्म जित निकाल्न सकेको छैन । लिगको पहिलो खेलमा एनआरटीले विभागीय टोली आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट शुरुआत गरेपनि त्यसपछिका सबै खेलमा पराजित हुँदै एक अङ्कका साथ लिगको पुछारमा छ । 

अङ्क तालिकामा मनाङ मस्र्याङ्दी क्लब लिगको पहिलो स्थानमा छ । त्रिभुवन आर्मी क्लब १३ अङ्कसाथ दोस्रो तथा १२ अङ्क जोडेको थ्रिस्टार क्लब तेस्रो स्थानमा छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति