८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ए’ डिभिजन लिग: आज तीन खेल हुँदै

१९ मंसिर २०७५, बुधबार ०६:३६

मङ्सिर १९, काठमाडौँ | जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आज दुई खेल एन्फा मैदान सातदोबाटो तथा एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ । आज हुने पहिलो खेलमा मनाङमस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच तथा च्यासल युथ क्लब र हिमालयन शेर्पाबीच दोस्रो खेल एन्फा मैदानमा हुनेछ भने हल्चोक मैदानमा थ्रीस्टार र सरस्वती युथ क्लबबीच खेल हुनेछ । 

प्रतियोगितामा शतप्रतिशत जित आत्मसात् गरेको मनाङ सोही नतिजालाई कायम राख्ने लक्ष्यमा छ । तालिकाको अन्तिमतिर रहेको जावलाखेल मनाङलाई हराउँदै लिगमा अप्रत्यासित नतिजा निकाल्ने दाउमा रहको छ । 

शीर्ष स्थानको मनाङको पाँच खेलबाट १५ अङ्क जोडेको छ । जावलाखेल युथ क्लब चार अङ्कसहित तालिकाको ११आँै स्थानमा छ । सोही मैदानमा दिउँसो २ः३० बजे हुने दोस्रो खेलमा हिमालयन शेर्पा र च्यासल युथ क्लब आमनेसामने हुनेछन् । 

स्टार खेलाडी अनुबन्धन गरेर अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेको च्यासलले उपाधि होडबाट बाहिर भएको घोषणा गरिसकेको छ । लिगमा हिमालय शेर्पाले राम्रै नतिजा निकालिरहेको छ । शेर्पा १० अङ्कसहित छैटाँै स्थानमा रहँदा च्यासल चार अङ्कसहित नवाँै स्थानमा छ । 

आजै हुने तेस्रो खेलमा रुस्लान थ्री स्टार क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । लिगको उपाधि दाबेदार क्लब थ्रीस्टारको लक्ष्य सरस्वतीलाई पराजित गर्दै शीर्ष स्थानको मनाङमाथि दबाब सिर्जना गर्नुहुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए