२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तालिबानको धम्कीपछि ‘लिटिल मेसी’को परिवारले देश छाडे

२०७५, २१ मंसिर शुक्रबार ०२:४५

मङ्सिर २१, काठमाडौँ | तालिबानको चेतावनीपछि अफगानिस्तानका लिटिल मेसीको परिवार फेरि देश छोड्न बाध्य भएका छन् ।

अफगानिस्तानको आतंकवादी संगठन तालिवानले राजधानी काबुलमा बस्दै आएका लिटिल मेसी भनेर चर्चित मुर्तजा अहमेदीको परिवारलाई मार्ने धम्की दिएको थियो । आतंकवादी संगठनले मार्ने धम्की दिएपछि अहमेदीको परिवारले अफगानिस्तान छाड्ने निर्णय गरेको हो । 


भर्खर सात वर्ष पुगेका मुर्तजाको परिवारले तालिवानको धम्कीका कारण उनीहरु आफ्नो गाउँमा पनि सुरक्षित नभएको बताएका छन् । सन् २०१६ मा उनीहरु पाकिस्तानमा केहि समयका लागि शरणार्थीका रुपमा बसेका थिए, तर आर्थिक अभाव भएपछि उनीहरु स्वदेश फर्किएका थिए । सन् २०१६ मा ५ बर्षकै उमेरमा मेसीको नाम र नम्बर लेखेर प्लास्टिकको जर्सी लगाएको फोटो सोसियल मिडियामा भाइरल भएपछि उनी लिटिल मेसीको नामबाट चर्चित भएका हुन् । 


सामाजिक संजालमा भाइरल भएपछि मुर्तजा अहमेदीलाई मेसीले आफ्नो नामको र साइन गरेको टिसर्ट समेत पठाएका थिए । सन् २०१६ मा मेसीले कतारको दोहामा भएको मैत्रीपूर्ण खेलका क्रममा मुर्तजालाई भेटेका थिए । उनलाई कतारको खेलमा मेस्सीले नै भेट्न बोलाएका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति