2026-06-28 04:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको किर्तिमान तोड्दै उज्ज्वल ठकुरीले तेश्रो पटक गिनिज बुकमा नाम लेखाए

विजय थापा | मङ्सिर २२, डिसी | डिसी महानगर क्षेत्रका कराते खेलाडी उज्ज्वल ठकुरीलाई तेश्रो गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ । उनले भारतको किर्तिमान तोड्दै २ सय २६ घुँडा प्रहार गरि ठकुरीलाई उक्त बिश्व किर्तिमान पदक प्राप्त भएको हो । यस सहित ठकुरीलाई तेश्रो गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।

काठमाडौँमा जन्मेका उज्ज्वल ठकुरी आमा जयन्ति शर्मा पौडेल तथा बाबु राजेन्द्र ठकुरीका जेठा सुपुत्र हुन् । तेश्रो पटक गिनिज वर्ल्ड रेकर्ड बिजेता ठकुरीले भर्खर मात्र ६ डान उपाधि प्राप्त गरि अमेरिकन मरिन गोजु कराते बाट सम्मानित भएका थिए । तेश्रो किर्तिमान संगै उनले ह्याट्रिक राख्न सफल भएका छन् । उनले यो भन्दा पहिला दुई विधामा खुट्टा फारेर (फांग गरेर) अधिक भार उठाई गिनिज वर्ल्ड रेकर्ड राखेका थिए । 


फांग (खुट्टा फारेर ) गर्ने यस्तो विधा हो जुन कराते,उसु र तेक्वान्दो ले प्रत्येक दिन कसरत गर्नै पर्छ । उक्त विधामा २ पटक पटक बिश्व किर्तिमान राखेका थिए । यो तेस्रो विधामा पनि ठकुरीले नेपाल र नेपालीको लागि अलग पहिचान बनाएका छन् । यो विधामा बिश्वका ठुला राष्ट्रहरु बेलायत ,चीन,रुस ,अमेरिका लगायत देशले पनि किर्तिमान राख्न न सकेकोमा ठकुरी गर्व गर्दछन ।

उनि भन्छन , एउटा नेपाली खेलाडी अमेरिकामा बसेर यी तीनै विधामा प्रत्येक दिन कसरत नगरी नहुने विधामा गिनिज बिश्व रेकर्ड राख्न सफल भएको छु । र मार्शल आर्ट्स (कौशल विधा)को मुख्य भाग चल्ने भनेको हात खुट्टा र घुडा हो अनि फांग(खुट्टा फार्नु ) गर्नु हो उनले थप गर्दै भने ।


तेश्रो बिश्व तेस्रो रेकर्डमा ३ मिनेटमा १ सय ८० घुडा प्रहार गर्नु थियो । जसलाई अग्रेजीमा नी (knee) र बेढंग लडाई (रफ फाइट)मा हिज्ज़ा भनिन्छ । यो किर्तिमान भारतका ग्रान्ड मास्टर जसलाई अमेरिकी राष्ट्रपतिले सम्मान गरेका थिए उनको नाम जय नाथ रेड्डी थिए । उनको १० गिनिज रेकर्ड्स छ। उनको यो किर्तिमान देखेर उनलाई चुनौती दिन मन लागेर चुनौती गरेको बताए ।

जसको लागि आफूले निकै मेहनत र कडा परिश्रम गरेर तेश्रो बिश्व गिनिज रेकर्ड्स कायम गर्न सफल भएको बताए । उनको रेकर्ड्स ३ मिनेट मा १ सय ८० चोटी घुडा प्रहार गर्नु थियो । त्यो पनि नापेर छातीको स्तर साढे ३ फीट भन्दा माथि उनको रेकर्ड हेर्दा सुरुमा गरिएला जस्तो लागिएको थिएन ठकुरी भन्छन । तर छोराले आँटे पछि पुग्छ भनें सोचेर गरे अनि हासिल गरे उनि थप्दछन ।


यसको लागी एक दिन पनि आराम नगरी अहोरात्र खटे अनि यो किर्तिमान हुन् सक्यो उनि भन्छन । ठकुरीले १ किलो वजन समेत बोकेर ३ मिनेट मा २ सय २६ चोटी प्रहर गर्न सफल भए । भारतको किर्तिमान भन्दा एक मिनेट मा ८९ घुडा प्रहार ज्यादा हुन् गएको छ । सबै नेपालीको लागि र नेपालको लागि तीन पटक अर्थात् ह्याटट्रिक गर्ने सपना भएकोले गर्छु भन्ने प्रतिबद्धता र दृढ संकल्प भएकोले सबैको आशिर्बाद र माया पाएकोले यो सम्भव भयो उनि भन्छन ।

आफूलाई हृदय देखि नै संधै सहयोग गर्नु हुने डीसी क्षेत्रका लागि नेपाली मूलका तेक्वान्दो प्रशिक्षक मास्टर कृष्ण बहादुर बलाल र वहाको समूहलाई कृतज्ञता व्यक्त गरेका छन् । उनले भाबुक हुँदै आफ्ना माता पितालाई सम्झन चाहेको बताए । र आमा क्यान्सर(अबुर्द)रोग बाट बित्नु भएको हो भन्दै यदि जीवित हुनु भएको भए कति गर्व गन्रु हुन्थ्यो भनि आफ्ना भावना पोखेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी