८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

२४ मंसिर २०७५, सोमबार ०८:००

मङ्सिर २४, काठमाडौँ | नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग (बिबिएल) खेल्न आज अष्ट्रेलिया प्रस्थान गरेका छन् । 

बिबिएलमा छनोट हुने पहिलो नेपाली खेलाडी सन्दीपले काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिग(इपिएल)मा ललितपुर प्याट्रियट्सबाट दुई खेल खेलेर अष्ट्रेलियातर्फ लागेका हुन् । शनिबारको उद्घाटन खेलमा सन्दीपले विराटनगर वारियर्सविरुद्ध दुई तथा आइतबार चितवन टाइगर्सविरुद्ध तीन विकेट लिएका थिए । 

सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ‘बिग बास’ लिग खेल्न लागेका हुन् । बिग बास लिग पुस ४ गतेदेखि शुरु हुँदैछ । बिबिएलभन्दा अगाडि नै बङ्गलादेश प्रिमियर लिग बिपिएलमा अनुबन्ध भइसकेका सन्दीपले बिबिएलको केही खेले खेलेर बङ्गलादेश जाने छन् । लामिछाने बङ्गलादेश र युएइको लिगमा समेत आबद्ध भइसकेका छन् । 

इण्डियन प्रिमियर लिग (आइपिएल) खेलेपछि विश्वभर चर्चित बनेका सन्दीपले क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी–२० क्यानडा लिग, अफगानिस्तान प्रिमियर लिग र टी–२० लिग खेलिसकेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए