२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपाधि होडमा मनाङलाई चुनौती

५ पुष २०७५, बिहीबार ०७:२६

  कुमार चौलागाई   पुस ५, काठमान्डौ (रासस) |  जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती अब सङ्कटा क्लब मात्र रहेको छ । 

बुधबार त्रिभुवन आर्मी क्लब र थ्रीस्टारबीचको खेल बराबरीमा सकिएसँगै अब मनाङको चुनौती सङ्कटा क्लब मात्र रहेको छ । यसअघि उपाधि होडमा रहेको थ्रीस्टार उपाधि होडबाट बाहिरिएको हो । 

लिगअन्तर्गत नवौँ चरणका खेल सकिँदासम्म मनाङ शत प्रतिशत नतिजासहित २७ अङ्कको साथ तालिकाको शीर्ष स्थानमा छ । मनाङलाई पच्छ्याइरहेको सङ्कटाको २४ अङ्क रहेको छ । लिगमा अब सबै क्लबले चार÷चार खेल मात्र खेल्न बाँकी छ । 

मनाङ अब दशौँ चरणमा नेपाल पुलिस, ११ औँ चरणमा सङ्कटा, १२ औँ चरणमा हिमालयन शेर्पा र १३ औँ चरणमा फ्रेन्ड्स क्लबसँग खेल्न बाँकी छ । सङ्कटाले १० औँ चरणमा ब्रिगेड ब्वाइज, ११ औँ चरणमा मनाङ मस्र्याङ्दी, १२ औँ चरणमा थ्रीस्टार र १३ औँ चरणमा सशस्त्र प्रहरीको एपिएफसँग खेल्नेछ । 

मनाङका प्रशिक्षक सुमन श्रेष्ठले नवौँ चरणको खेल समाप्तिपछि अब उपाधि जित्न मनाङलाई कसैले रोक्ने नसक्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “हामीले लिगका लागि अन्य क्लबको तुलनामा धेरै लगानी गरेका छौँ, लगानीअनुसार प्रतिफल हामीले पाउनुपर्छ ।” 

नवौँ चरणका खेल सकिँदासम्म २२ अङ्कका सात थ्रस्टार तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १५ अङ्कसहित नेपाल पुलिस पाँचौँ, १४ अङ्कका साथ हिमालयन शेर्पा छैटौँ, १३ अङ्कका साथ च्यासल युथ क्लब सातौँ स्थानमा छन् । 

यसैगरी १३ अङ्कका साथ एपिएफ आठौँ, १० अङ्कका साथ सरस्वती नवौँ, आठ अङ्कका साथ जावलाखेल युथ क्लब १० औँ, ब्रिगेड ब्वाइज, फ्रेन्डस, मछिन्द्र र न्युरोड टिम (एनआरटी) क्रमशः ५, ५, ३ र १ अङ्कसहित ११औँ, १२ औँ, १३ औँ र १४ औँ स्थानमा छन् । 

लिगको कूल ९१ खेलमध्ये हालसम्म ६२ खेल सकिसकेको छ भने अब २९ खेल बाँकी रहेका छन् । 

मछिन्द्र र एनरआरटी अझै जितविहीन 

नवौँ चरणको खेल सकिँदासम्म मछिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) अझै जितविहीन छन् । मछिन्द्रले नौमध्ये छ खेलमा पराजित हुँदा तीनवटा बराबरी गरेको छ भने एनआरटीले आडमा पराजय ब्योहोर्दा एउटा खेलमा बा बराबरी गर्न सकेको छ तर, रेलिगेशनबिनाको लिग हुनाले उनीहरूलाई केही राहत भने मिलेको छ । तालिकाको अन्तिममा रहे पनि उनीहरू बि डिभिजनमा घटुवा हुने छैनन् । 

गत असोज १३ गतेदेखि शुरु भएको लिग यही पुस १७ गते सकिनेछ । लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् । 

लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । 

‘न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पुस २५ देखि

दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २५ गतेदेखि हुने भएको छ । 

आयोजक न्यू डायमण्ड स्पोर्टस क्लबले आज बिहान पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता यही पुस २५ देखि २८ गतेसम्म काठमाडौँमा सञ्चालन गरिने जानकारी दिएको हो । 

प्रतियोगिताका सबै खेल नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुनेछ । प्रतियोगितामा छदेखि आठ टोलीले सहभागिता जनाउनेछन् । सहभागी टोलीको नामावली केहीदिनभित्रै सार्वजनिक गर्ने क्लबले जनाएको छ । 

प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख र उपविजेताले रु दुई लाख र तेस्रो हुनेले रु एक लाख एक हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु १५ हजार प्राप्त गर्नेछ । व्यक्तिगत विधाका उत्कृष्टले जनही रु पाँच÷पाँच हजार प्राप्त गर्नेछन् । 

प्रतियोगितामा सहभागी हुने उपत्यका बाहिरका टोलीलाई खान, बस्न र यातायात खर्चको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको कूल बजेट करीब २३ लाख रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध