८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ए’ डिभिजन लिग: दशौँ चरणका खेल आजदेखि

६ पुष २०७५, शुक्रबार ०५:३३

पुस  ६ , काठमाडौँ | जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको १०औँ चरणका खेल आजदेखि हुँदैछन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार १०औँ चरणमा खेल शुक्रबार तीन, शनिबार र आइतबार दुई÷दुई खेल हुनेछन् । 

शुक्रबार पहिलो खेल सरस्वती युथ क्लब र मच्छिन्द्र क्लब तथा दोस्रो खेल हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीच हुनेछ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । तेस्रो खेल जावलाखेल युथ क्लब र न्यूरोड टिम एनआरटीबीच हुनेछ । खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा हुनेछ । 

त्यसैगरी शनिबार दुई खेल हुनेछन् । पहिलो खेलमा थ्रीस्टार र च्यासल युथ क्लबबीच खेल हुनेछ भने दोस्रो खेल सङ्कटा क्लब र ब्रिगेड ब्वाइजबीच हुनेछ । दुवै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा हुनेछ । 

दशौँ चरणको अन्तिम खेल आइतबार हुनेछन् । आइतबार पहिलो खेल दुई विभागीय टोली त्रिभुवन आर्मी र एपिएफबीच हुनेछ । दोस्रो खेल नेपाल पुलिस मनाङमस्र्याङ्दी क्लबबीच हुनेछ । 

लिगअन्तर्गत नवौँ चरणका खेल सकिँदासम्म मनाङ शतप्रतिशत नतिजासहित २७ अङ्कको साथ तालीकाको शीर्ष स्थानमा छ । मनाङलाई पछ्याइरहेको सङ्कटाको २४ अङ्क रहेको छ । २२ अङ्कका सात थ्रीस्टार तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १५ अङ्कसहित नेपाल पुलिस पाँचौँ, १४ अङ्कका साथ हिमालयन शेर्पा छैटौँ, १३ अङ्कका साथ च्यासल युथ क्लब सातौँ स्थानमा छन् । 

यसैगरी १३ अङ्कका साथ एपिएफ आठौँ, १० अङ्कका साथ सरस्वती नवौँ, आठ अङ्कका साथ जावलाखेल युथ क्लब १०औँ, ब्रिगेड ब्वाइज, फ्रेण्डस, मच्छिन्द्र र न्यूरोड टिम (एनआरटी) क्रमशः ५, ५, ३ र १ अङ्कसहित ११औँ, १२औँ, १३औँ र १४औँ स्थानमा छन् । 

लिगको कूल ९१ खेलमध्ये हालसम्म ६२ खेल सकिइसकेको छ भने अब २९ खेल बाँकी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी