८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्रको पहिलो जीत

६ पुष २०७५, शुक्रबार ०९:५९

 पुस ६, काठमान्डौ  (रासस) |  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मछिन्द्रले सरस्वतीमाथि ४–२ गोलअन्तरले विजयी हासिल गर्दै जारी लिगमा पहिलो जीत दर्ता गराएको हो । दश खेल खेलेको मछिन्द्रले लिगमा शीर्ष तीन अङ्क जोडेको यो पहिलो पटक हो । 

मछिन्द्रको जीतमा कप्तान विशाल राई, विदेशी खेलाडी भसाडिया डाइमान्डे, अनिल गुरुङ र विकास राईले एकएक गोल गरे । 

त्यस्तै खेलमा शुरुआती अग्रता भने सरस्वतीले लियो । खेलको चौथो मिनेटमा मछिन्द्रका खेलाडी सञ्जय राजबहाकले सरस्वतीका लागि आत्माघाती गोल गरे । 

त्यस्तै खेलको पहिलो हाफको १६औँ मिनेटमा मछिन्द्र विशालले एक गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । विशालले गोल गरेको चार मिनेट पनि बित्न नपाउँदै मछिन्द्रका विदेशी खेलाडी डियामान्डेले एक गोल थप्दै खेललाई २–१ को अग्रता ल्याए । 

त्यसैगरी खेलको २५औँ मिनेटमा मछिन्द्रका अनिलले एक गोल थपे । त्यसपछि खेलको ३६औँ मिनेटमा सरस्वतीका विदेशी खेलाडी फ्रान्सिस ओनेयामाले एक गोल थप्दै खेललाई ३– २ को स्थितिमा ल्याए । 

खेलको पहिलो हाफमा ३–२ ले अगाडि रहेको मछिन्द्रले दोस्रो हाफमा एक गोल थप्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा विकासले पेनाल्टीमार्फत एक गोल गरेपछि मछिन्द्रले ४–२ को सहज जीत हात पायो । 

खेलमा ‘म्यान अफ दी म्याच’ मछिन्द्रका कप्तान विशाल राई घोषित भए । यस जीतसँगै मछिन्द्र १० खेलबाट ६ अङ्कका साथ अङ्क तालिकाको ११औँ स्थानमा उक्लिएको छ । समान १० खेल खेलेको सरस्वती १० अङ्कका साथ नवौँ स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी