२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइसिसी बरियतामा पारस दुई स्थान तल झरे, सोमपाल र वसन्त कति नम्बरमा ?

२०७५, ८ पुष आईतवार १६:०१

पुष ८, काठमाडौँ (रासस) | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आज सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का दुई स्थान तल झरेका छन् । 

यसअघि आइसिसीले सार्वजनिक गरेको वरियतामा ब्याटिङतर्फ ९५औँ स्थानका पारस नयाँ वरियतामा दुई स्थान तल झर्दै ९७ औँ स्थानमा पुगेका छन् । कप्तान पारस अलराउन्डरतर्फ एक स्थान झरेका छन् । यसअघि ४१औँ स्थानका पारस नयाँ वरियतामा ४२औँ स्थानमा छन् । त्यसैगरी अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी ६४औँ स्थानमा यथावत छन् । अघिल्लो महीना उनी ६४औँ स्थानमै थिए । बलिङतर्फ नेपालका वसन्त रेग्मी र सोमपाल क्रमशः ३९७ र ३३८ अङ्क प्राप्त गर्दै ७४औँ र ९२ औँ स्थानमा छन् । 

ब्याटिङ वरियताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम, दोस्रो स्थानमा न्युजिल्याण्डका कोलिन मुन्द्रो, तेस्रो अष्ट्रेलियाका आरोन फिन्च, चौथो वेष्ट इण्डिजका इभान लेविसे र पाकिस्तानका फकर जमान पाँचौ स्थानमा छन् । 

बलिङतर्फ अफगानिस्तानका राशिद खान पहिलो स्थानमा रहँदा पाकिस्तानका शदाब खान दोस्रो, भारतका कुलदीप यादव तेस्रो, इग्ल्यान्डका आदील राशिद चौथो र अष्ट्रेलियाका आडम जम्पा पाँचौ स्थानमा छन् । अलराउन्डरतर्फ अष्ट्रेलिया ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहँदा बङ्गलादेशका शाकिब अल हसन दोस्रो स्थानमा छन् । अफगानिस्तानका मोहमद नाबी तेस्रो, बङ्गलादेशका मोहमद महुदुल्लाह चौथो र दक्षिण अफ्रिकाका जेपी डुमिनी पाँचौ स्थानमा छन् । अघिल्लो वर्ष नेपालले एक दिवसीय मान्यता पाएसँगै गत साउनमा पहिलो अन्नर्राष्ट्रिय एक दिवसीय खेल खेलेपछि नेपाली खेलाडी वरियतामा समावेश भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति