८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ए’डिभिजन लिग: उपाधि भिडन्त आज

१२ पुष २०७५, बिहीबार ०८:१७

पुस १२, काठमाडौँ | तीन पटकको ‘ए’ डिभिजन लिग विजेता सङ्कटा क्लब र सात पटकको विजेता मनाङ मस्र्याङ्दी क्लबबीच आज हुने ११ औँ चरणको खेललाई उपाधि भिडन्तको रुपमा हेरिएको छ । 

जारी ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज हुने खेल मनाङले जिते ए डिभिजनको इतिहासमा कीर्तिमानी जितसहित मनाङले दुई खेलअगावै आठौँ पटक उपाधि जित्नेछ भने सङ्कटाले जिते मनाङले अर्को खेलसम्म कुर्नुपर्नेछ । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २:३० बजे हुने खेलमा मनाङले सङ्कटालाई हराउन सके कीर्तिमानी आठाँै पटक ए डिभिजन लिगको उपाधिमा कब्जा गर्नेछ । 

अहिलेसम्म मनाङले २०४२–२०४३, २०४३–२०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० तथा सङ्कटाले २०३७, २०४० र २०४२ सालमा उपाधि जितिसकेका छन् । घरेलु फुटबलको सर्वाधिक सफल क्लब हो मनाङ । 

पाँच वर्षपछि फर्किएको घरेलु लिगको उपाधि उचाल्न उसलाई मात्र एक जित आवश्यक छ । तीन अङ्क जोड्न सके मनाङले दुई खेलअगावै प्रतियोगिताको उपाधि जित्नेछ । अहिले मनाङको १० खेलबाट ३० अङ्क तथा समान खेलबाट सङ्कटाको २५ अङ्क छ । 

लिगको रोमाञ्चकतालाई अन्तिमसम्म बचाइ राख्ने जिम्मेवारी भने सङ्कटाको काँधमा छ । आजको खेलमा सङ्कटाले जिते लिगको रोमाञ्चकता अन्तिम खेलसम्म जान सक्छ । त्यसले सङ्कटाको लिग जित्ने गणितीय सम्भावना समेत बाँकी राख्नेछ । 

यस सिजन अपराजित एक्लो टोली मनाङले दशौँ चरणसम्म शतप्रतिशत नतिजा हात पारेको छ । सङ्कटाले भने आठमा जित, एक बराबरी र एक हारको नतिजा निकाल्दै २५ अङ्क जोडेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी