२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय क्रिकेट टोली घोषणा

२०७५, १६ पुष सोमबार १०:०८

पुस १६, काठमान्डौ (रासस) |  आगामी महीनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र ट्वेन्टी ट्वेन्टी शृङ्खलाका लागि प्रारम्भिक चरणमा २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ । 

नेपालले आगामी माघमा यूएईसँग तीन खेलको एक दिवसीय र तीन खेल ट्वेन्टी ट्वेन्टी शृङ्खलाका खेल खेल्दैछ । आइसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कासहितको छनोट समितिले २० सदस्यीय टोलीको आज घोषणा गरेको हो । छनोट हुने टोलीको कप्तानमा पारस खड्का छन् । अन्य सदस्यमा वसन्त रेग्मी अविनाश बोहरा, भीम सार्की, विक्रम सोब, दीपेन्द्रसिंह एरी, विनोद भण्डारी, ज्ञानेन्द्र मल्ल, करण केसी र ललित भण्डारी छन् । 

ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, रोहीतकुमार पौडेल प्रदीप ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, शुशन भारी, शरद भेषावकर र सन्दिप जोरा छन । नेपालले माघ ११ देखि २० गतेसम्म युएईसँग खेल्नेछ । भीम सार्की, सन्दिप जोरा र पवन सर्राफले राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा पहिलो पटक समावेश भएका हुन ।खेलमा पहिले एक दिवसीय र त्यसपछि टी ट्वेन्टी शृङ्खला हुनेछ । नेपालले अघिल्लो वर्ष जिम्बाबेमा सम्पन्न विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति