८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा जारी बिग बासमा आज सन्दीपको चौथो खेल

१७ पुष २०७५, मंगलवार ११:२२

 पुस १७, काठमान्डौ (रासस) |  अष्ट्रेलियामा जारी बिग बास क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछाने सहभागी मेलवर्न स्टार्स क्लबले आज मेलवर्न रेनगार्डससँग प्रतिस्पर्धा गर्दैछ । मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले यसअघिका तीनै खेलमा विकेट लिँदै जारी लिगको सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा आफूलाई दर्ता गराइसकेका छन् । 

लगातार तीन खेलमा सहभागिता जनाएका सन्दीपले अहिलेसम्म सात विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका हुन् । सन्दीपले उत्कृष्ट प्रदर्शन गरे पनि मेलवर्न स्टार्सले तीनमध्ये एउटा खेल मात्रै जितेको छ । 

मेलवर्न स्टार्स आजको खेलमा विजयी भए उत्कृष्ट चारमा पुग्ने सम्भावना बलियो बन्ने छ । मेलवर्न स्टार्स दुई अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । यसअघि सन्दीले सिड्नी सिक्सविरुद्ध दुई विकेट, सिड्नी थण्डरविरुद्ध दुई तथा होबार्ट हुरिकेन विरुद्ध तीन विकेट लिइएका थिए । 

यसैबीच शैक्षिक परामर्श तथा आप्रवासनसम्बन्धी संस्था एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको आयोजनामा अष्ट्रेलियामा भइरहेको क्रिकेट मेलामा सहभागी भएका नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई आजको खेल हेर्न सन्दीपले निम्तो दिएका छन् । 

कप्तान खड्कासहित दीपेन्द्रसिंह ऐरी, यू–१९ राष्ट्रिय क्रिकेट टिमका पूर्वसदस्य सुवास प्रधान, यशवन्त सुवेदी र सुनाम गौतम पनि सन्दीपको खेल हेर्न जाने कप्तान खड्काले ट्वीरटमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी