2026-06-28 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा जारी बिग बासमा आज सन्दीपको चौथो खेल

2019-01-01

 पुस १७, काठमान्डौ (रासस) |  अष्ट्रेलियामा जारी बिग बास क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछाने सहभागी मेलवर्न स्टार्स क्लबले आज मेलवर्न रेनगार्डससँग प्रतिस्पर्धा गर्दैछ । मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले यसअघिका तीनै खेलमा विकेट लिँदै जारी लिगको सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा आफूलाई दर्ता गराइसकेका छन् । 

लगातार तीन खेलमा सहभागिता जनाएका सन्दीपले अहिलेसम्म सात विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका हुन् । सन्दीपले उत्कृष्ट प्रदर्शन गरे पनि मेलवर्न स्टार्सले तीनमध्ये एउटा खेल मात्रै जितेको छ । 

मेलवर्न स्टार्स आजको खेलमा विजयी भए उत्कृष्ट चारमा पुग्ने सम्भावना बलियो बन्ने छ । मेलवर्न स्टार्स दुई अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । यसअघि सन्दीले सिड्नी सिक्सविरुद्ध दुई विकेट, सिड्नी थण्डरविरुद्ध दुई तथा होबार्ट हुरिकेन विरुद्ध तीन विकेट लिइएका थिए । 

यसैबीच शैक्षिक परामर्श तथा आप्रवासनसम्बन्धी संस्था एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको आयोजनामा अष्ट्रेलियामा भइरहेको क्रिकेट मेलामा सहभागी भएका नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई आजको खेल हेर्न सन्दीपले निम्तो दिएका छन् । 

कप्तान खड्कासहित दीपेन्द्रसिंह ऐरी, यू–१९ राष्ट्रिय क्रिकेट टिमका पूर्वसदस्य सुवास प्रधान, यशवन्त सुवेदी र सुनाम गौतम पनि सन्दीपको खेल हेर्न जाने कप्तान खड्काले ट्वीरटमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी