2026-07-27 07:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नगर स्तरीय प्रतियोगिता भाग लिने शान्ति निकेतनका विद्यार्थीलाई खेल सामग्री र पोशाक

पुस २३, महेन्द्रनगर | कबर्ड हलमा बुधबारदेखि सुरु हुने भीमदत्त नगरपालिका स्तरीय माध्यमिक विद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा सहभागी हुने शान्ति निकेतन माध्यमिक विद्यालयका खेलाडीहरुलाई खेल सामग्री र पोशाक वितरण गरिएको छ ।भीमदत्त नगरपालिका वडा नं. ६ वडा कार्यालयले सोमबार विद्यालयमा कार्यक्रम गरी भलिबल, नेट सहित खेलाडीका लागि पोशाक प्रदान गरेको छ । भीनपा वडा नं. ६ का अधयक्ष एवम् भीनपा सामाजिक विकास समितिका सभापति हरक सिह धामी प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा खेल सामग्री सहित पोशाक वितरण गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि धामीले विद्यालयका प्रधानाध्यापक एवम् कार्यक्रमका सभापति बहादुर चन्दलाई सामग्री हस्तारण गरे ।

कार्यक्रमका प्रमुख अतिथि धामीले नगर स्तरीय खेलकूद प्रतियोगिताका लागि विद्यालयको आग्रहमा खेल सामग्री र पोशाक सहयोग गरिएको बताए ।‘यो विद्यालयको शैक्षिक खेलकूदको छुट्टै इतिहास छ, खेलकूदमा अग्रिणी भूमिका निर्वाह गर्दै आएको छ, ’ उनले भने,‘अहिले नगर स्तरीय प्रतियोगिता हुँदैछ, त्यसका लागि प्रधानाध्यापकको आग्रहमा पोशाक र सामग्री सहयोग गरिएको छ, आगामी दिनमा यसलाई निरन्तरता दिएर जान्छौ ।’प्रमुख अतिथि वडा अध्यक्ष धामीले प्रतियोगितामा विजय विद्यालयका सबै विद्यार्थीलाई वडा कार्यालयबाट सम्मान गरिने घोषणा गरेका छन् ।‘नगर स्तरीय प्रतियोगितामा सहभागी भएर भाग लिने सबै विद्यार्थीलाई वडा कार्यालयले यहीं प्राङ्गणमा सम्मान गर्छ’ उनले भने,‘विद्यालयको खेलकूद विकासका लागि वडा कार्यालय सदा तत्पर छ ।’नगर स्तरीय प्रतियोगितामा विजयी भएर जिल्ला छनौट प्रदेश स्तरीय खेलकूदमा पुग्ने खेलाडीलाई ट्रयाक सुट सहित सम्मान गरिने उनले बताए ।‘यस बाहेक यो विद्यालयको खेलकूद मैदान मर्मत, खेल सामग्री व्यवस्थापनका लागि वडा कार्यालय सहयोग गर्ने प्रतिवद्धता गर्छु’ उनले भने । भीमदत्त नगरपालिका क्षेत्रका ६२ माध्यमिक विद्यालय सहभागी हुने प्रतियोगितामा शान्ति निकेतनबाट ६० खेलाडी सहभागी हुन लागेका छन् । विद्यालयका प्रधानाध्यापक चन्दले वडा कार्यालयले विद्यालयको आग्रह स्वीकार गरी नगर स्तरीय खेलकूदका लागि पोशाक र सामग्री सहयोग गरेकोमा धन्यवाद दिए । 

‘खुसी लागेको छ, यसका लागि वडा कार्यालयलाई धन्यवाद दिन चाहन्छौ’  उनले भने,‘ आगामी दिनमा समेत सहयोगको आश राखेका छौ ।’समाजमा विकृति फैलाउने व्यक्तिलाई कानुनी दायरामा ल्याउन विद्यालयले वडा कार्यालयलाई पूर्ण रुपमा सहयोग गर्ने उनले बताए ।वडा अध्यक्ष धामीले मदिरा सेवन र पुश चौपाया छाड्ने स्थानीयलाई कारवाहीका लागि सहयोग गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।

विद्यालयका शिक्षक जगदीश जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडा सदस्य अर्जुनदेब भट्ट, वडा कार्यालयका कर्मचारी राज बहादुर थापा सहित  विद्यालयका शिक्षक, विद्यार्थी सहभागी भए । कार्यक्रम सञ्चालन शिक्षक पुष्पराज ओझाले गरेका थिए । भीमदत्तमा नगर खेलकूद प्रतियोगिता सञ्चालनका लागि नगर प्रमुख सुरेन्द्र विष्ट संरक्षक रहने गरी सामाजिक विकास समितिका सभापति धामीको संयोजकत्वमा मूल समिति गठन गरी तयारी सुरु गरिएको छ ।गत वर्ष फागुनमा छुट्टाछुट्टै आयोजना नगर स्तरीय माध्यमिक खेलकूद र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यस वर्ष पुस २५ गतेदेखि आयोजना गर्न लागिएको हो ।प्रतियोगिता सञ्चालनका लागि मूल सहित सहित प्राविधिक समिति, फिल्ड व्यवस्थापन समिति, विद्यालय समन्वय समिति गठन गरिएको छ । जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शेर बहादुर चन्दलाई प्राविधिक समितिको जिम्मेवारी दिइएको छ । यसैगरी स्रोत व्यक्ति पन्तको संयोजकत्वमा फिल्ड व्यवस्थापन र उप सचिव जोशीको संयोजकत्वमा विद्यालय समिति गठन गरिएको छ । गत वर्ष नगर क्षेत्रका ३९ विद्यालयले भाग लिएका थिए । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो, उसु लगायतका खेल राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ