२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टी–२० महिला क्रिकेटमा नेपालको लगातार दोस्रो जित

२०७५, २९ पुष आईतवार ०८:०६

 पुस २९, काठमाडौं | थाइल्याण्डमा जारी महिला टी–२० स्मास–२०१९ क्रिकेट प्रतियोगितामा नेपालले मलेशियालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो पटक जित हात पारेको छ । 

थाइल्याण्डको बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेशियालाई छ विकेटले पराजित गर्दैै प्रतियोगितामा दोस्रो पटक हासिल गरेको हो । यसअघि हिजो शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो । 

पहिले ब्याटिङ गरेको मलेशियाले नेपाललाई ६२ रनको लक्ष्य दिएको थियो । बैसठ्ठी रनको विजय लक्ष्य बोकेर मैदानमा उत्रिएको नेपालले १६ दशमलव दुई ओभरमा चार विकेट गुमाएर भेट्टाएको थियो । 

नेपालका लागि रोमा थापाले सर्वाधिक २० रनको योगदान दिइन् । त्यस्तै सीता रानामगरले १६ तथा ममता चौधरीले अविजित नौ रन जोडिन् । मलेशियाको अना हमिजा र इनटान जामदहायु जाफरले एक-एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर ६१ रनको योगफल बनाएकामा सोली टिजिनले १२ तथा युसिरिना यकोपले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् । 

उक्त खेलमा नेपालकी सरिता मगर एक्लैले ४ विकेट लिएकी थिइन् । नेपालले भोलि आफ्नो तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएइ) सँग प्रतिस्पर्धा गर्नेछ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति