२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

२०७५, २ माघ बुधबार ०६:२६

माघ २, काठमाडौ | थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । 

प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज घरेलु टोली थाइल्याण्डलाई नौ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको सामान्य लक्ष्य नेपालले एक विकेट गुमाएर ३.३ ओभरमा पूरा ग¥यो । नेपालका लागि ममताकुमारी चौधरीले आठ रन बनाउँदा नेरी थापाले पाँच र डोली भट्टले दुई रन बनाए । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली थाइल्याण्ड नेपाली बलरसामू निरीह बन्दै १९ रनमा समेटिएको थियो । थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालकी आरती बिडारीले तीन विकेट लिइन् । इन्दु बर्मा र सरिता मगरले दुई÷दुई तथा रूविना क्षेत्री, सोनु खड्का र सीता रानामगरले एक÷एक विकेट लिए । 

घरेलु टोलीका लागि तान्चानोक फोप्लुकले सर्वाधिक चार रन बनाइन् । नेपालले अतिरिक्त सात रन दिएको थियो । थाइल्याण्डका पाँच खेलाडी शून्यमा आउट भएका थिए । समूह ‘ए’ बाट संयुक्त अरब इमिरेट्स (युएइ) समूह उपविजेताका रूपमा यसअघि नै सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा चीनलाई, दोस्रो खेलमा मलेशियालाई र तेस्रो खेलमा यूएइलाई पराजित गरेको थियो । 

राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टोलीले करीब दुई वर्षपछि अन्तर्राष्ट्रिय महिला प्रतियोगिता खेलेको हो । यसअघि नेपाली महिला टोलीले सन् २०१७ को नोभेम्बरमा आइसिसी टि–२० विश्वकपको एशिया क्षेत्रको क्वालिफायर खेलेको थियो । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीमा सीता रानामगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन् । 

प्रतियोगिताको सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएइ), मलेशिया र थाइल्याण्ड ‘ए’ तथा समूह ‘बी’मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यान्मा छन् । नेपालले सेमिफाइनलमा समूह ‘बी’को उपविजेतासँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी