८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनगढी प्रिमियर लिगलाई आइसिसीको मान्यता

१० माघ २०७५, बिहीबार ०७:३८

माघ १०, काठमाण्डौ | तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता प्रदान गरेको छ । 

आयोजक धनगढी क्रिकेट एकेडेमीले प्रतियोगितालाई आइसिसीले मान्यता दिएको जनाएको हो । “प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता पाएको जानकारी गराउँदछौँ”, एकेडेमीका अध्यक्ष सुवास शाहीले भन्नुभयो । आइसिसीको मान्यतापछि डिपिएलका लागि अन्तर्राष्ट्रिय खेलाडी ल्याउन बाटो खुलेको छ । आइसिसीको मान्यताबिना प्रतयोगितामा विदेशी खेलाडी टिममा ल्याउन पाइँदैन । प्रतियोगिता यही माघ २६ गतेदेखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुँदैछ । 

यस्तै एकेडमीले आइसिसीले प्रतियोगिताबारे आफ्ना सम्पूर्ण सदस्य राष्ट्रलाई समेत जानकारी गराइसकेको जनाएको छ । देशकै सर्वाधिक पुरस्कार राशिको डिपिएलमा धनगढी स्टार्स, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् । 

टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्लेअफमा छनोट हुनेछ । पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ । 

प्रतियोगिताका लागि छ वटै टोलीले लिलाम बढाबढबाट दुई साताअघि खेलाडी लिइसकेका छन् । डिपिएलका प्रत्येक टिमले लिलाम बढाबढबाट १२ खेलाडी, एक रणनीतिक खेलाडी र दुई विदेशी गरी १५-१५ खेलाडी टोलीसँग आबद्ध गरेका छन् । देशकै पहिलो खेलाडी बोलकबोल (अक्सन) गराउँदै नेपाली क्रिकेटलाई व्यावसायिक बनाएको डिपिएलको छ वटै टोलीलाई दुई अनिवार्य व्यावसायिक विदेशी खेलाडी राख्नुपर्ने प्रावधान छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की