२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालद्वारा युएइसामु ११४ रनको लक्ष्य प्रस्तुत

२०७५, ११ माघ शुक्रबार ०९:३३

माघ ११, काठमाण्डौ | पहिलो एक दिवसीय क्रिकेटमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दिएको छ । 

दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३३ ओभर ५ बलमा अलआउट हुँदै ११३ रनमा समेटियो । खराब ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन जोडे । यस्तै आरिफ शेखले २५ रन जोड्दा कप्तान पारस खड्काले २० र सन्दीप लामिछाने १५ रनमा आउट भए । 

अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । नेपालका विनोद भण्डारीले पाँच, पवन सर्राफले चार, करण केसीले तीन रन जोडेर आउट भए । ललितनारायण राजवंशी दुई रनमा अविजीत रहे । नेपालका ओपनर ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी र वसन्त रेग्मीले रनको खाता खोल्नु सकेनन् । 

नेपाललाई सस्तैमा समेट्ने क्रममा युएइका मोहमद नाभिद र अमीर हायतले समान तीन-तीन विकेट लिएका थिए । यस्तै इमरान हेदरले दुई विकेट लिए । नेपालले युएईसँग तीन खेलको एक दिवसीय र तीन खेलको टी–२० सिरिज खेल्नेछ । नेपालले दोस्रो एक दिवसीय खेल शनिबार खेल्नेछ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एक दिवसीय मान्यता पाएपछि नेपाल दोस्रो एक दिवसीय सिरिज खेल्न युएई पुगेको हो । एक दिवसीय मान्यता पाएपछि नेपालले युएईसँग दोस्रो सिरिज खेल्न लागेको हो । 

यसअघि नेदरल्याण्डसँग नेपालले पहिलो एक दिवसीय सिरिज खलेकामा पराजित भए पनि दोस्रो खेलमा एक रनको जित हासिल गरेको थियो । नेपालका पारस खड्का तथा युएईका मोहम्मद नाभिदको कप्तानीमा खेल हुँदैछ । नियमित कप्तान रोहन मुस्ताफासहित तीन खेलाडी प्रतिबन्धमा रहेका कारण युएईको नेतृत्व फास्ट बलर नाभिदले गर्दैछन् । नेपालले युएईसँग तीन टि–२० सिरिज पनि खेल्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी