२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो एकदिवसीय क्रिकेटमा युएईद्वारा नेपाल ३ विकेटले पराजित

२०७५, ११ माघ शुक्रबार १३:४१

माघ ११, काठमाडौँ | युएईविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल ३ विकेटले पराजित भएको छ । दुबईस्थित आइसीसी क्रिकेट एकेडेमीको मैदानमा शुक्रबार भएको खेलमा ११४ रनको सामान्य चुनौती पछ्याउदै युएईले ३२ ओभर १ बलमा ७ विकेटको क्षतिमा नेपाललाई पराजित गर्न सफल भएको हो ।

नेपालले बलिङ राम्रो गरेपनि युएईका लागि आठौं विकेटमा अमिर हायात र इम्रान हैदरबीच अविजित ४३ रनको साझेदारी भएपछि नेपालले आफ्नो पराजय टार्न सकेन । हायातले २४ तथा हैदरले १८ रन जोडे ।

युएईले ७३ रन जोड्दा ७ विकेट गुमाइसकेको भएपनि त्यसपछिका ब्याट्सम्यानहरुले आक्रमक रन जोड्न सके । खेलमा पारस खड्का, सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल ३३ ओभर ५ बलमा ‘अलआउट’ हुँदै ११३ रनमा समेटिएको थियो । नेपालका लागि सोमपाल कामीले ३० रन, आरिफ शेखले २५ रन, पारस खड्काले २० रन र सन्दीप लामिछानेले १५ रन बनाए । नेपालको विकेट लिने क्रममा युएईका मोहम्मद नाभिद र अमीर हायातले ३/३ विकेट लिए ।

नेपालले युएईसित तीन खेलको एकदिवसीय शृंखला खेलिरहेको हो । अब दोस्रो खेल शनिबार हुनेछ । तेस्रो खेल सोमबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति