८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले टस जितेर ब्याटिङ शुरु गर्यो

१२ माघ २०७५, शनिबार ०५:४४

माघ १२, काठमाडौँ | घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले टस जितेर पहिलो ब्याटिङ शुरु गरेको छ । 

दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो । 

यो समाचार तयार पार्दासम्म नेपालले विना विकेटको क्षतिमा नौ ओभरमा ३९ रन बनाएको छ । नेपालका लागि ओपनरद्वय उपकप्तान ज्ञानेन्द्र मल्लले २२ तथा विनोद भण्डारीले १६ रन बनाएर खेलिरहेका छन् । 

पहिलो खेलमा पराजित भएको नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । आजको खेलमा जित निकाले नेपालले सिरिज १–१ को बराबरी गर्नेछ । आजको खेलमा पराजित भए नेपालको सिरिज जित्ने सपना अधुरो रहनेछ । 

शुक्रबार भएको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको थियो । आज नेपालले स्पिनर वसन्त रेग्मीको स्थानमा युवा ब्याट्सम्यान रोहितकुमार पौडेललाई मौका दिएको छ । अघिल्लो खेलमा १ ओभर मात्र बलिङ पाएका वसन्त पूर्णरुपमा फिट रहेका थिएनन् । नेपाल सिरिजमा १–० ले पछाडि छ । आजको खेलमा पराजित भए नेपालले एक खेलअगावै सिरिज गुमाउने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी