८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व क्रिकेटमा रोहितले रचे नयाँ कीर्तिमान, नेपालको शानदार जित

१२ माघ २०७५, शनिबार १५:२७

माघ १२, काठमाडौं | नेपाली युवा क्रिकेटर रोहितकुमार पौडेलले विश्व क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । एकदिवसीय क्रिकेट शृङखला अन्तर्गत यूएईसँगको दोस्रो खेलमा कम उमेरमै अर्धशतक बनाएर रोहितले आफ्नो नाममा विश्व क्रिकेटमै नयाँ रेकर्ड बनाएका हुन् । 

अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि भारतीय प्रभावशाली खेलाडी सचिन तेन्दुल्कर र पाकिस्तानी शाहिद अफ्रिदीको रेकर्डलाई तोड्दै नेपाली खेलाडी रोहितले आफ्नो नाममा सबैभन्दा कम उमेरमै अर्धसाताक हानेर विश्व रेकर्ड रचेका हुन् । शनिबार १६ वर्ष एक सय ४६ दिनको उमेरमै रोहितले अर्धशतकको रेकर्ड बनाएका हुन् । 

यसअघि सचिन तेन्दुलकरले १६ वर्ष दुई सय १३ दिनको उमेरमा पाकिस्तानविरुद्ध टेस्ट गेममा ५९ रन बनाउँदै कम उमेरमा अर्धशतकको रेकर्ड बनाएका थिए । त्यस्तै शाहिद अफ्रिदीले १६ वर्ष दुई सय १७ दिनको उमेरमा श्रीलंकाविरुद्धको खेलमा जम्मा ३७ बलमा शतक हानेका थिए । पौडेलले एकदिवसीय शृङ्खला अन्तर्गत यूएईविरुद्धको खेलमा ५८ बलमा ५५ रन बनाउँदै विश्व रेकर्ड बनाएका हुन् । 

रोहित अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा डेब्यू गर्ने सबै भन्दा कम उमेरका खेलाडीमध्ये पर्छन् । उनले गत अगष्टमा नेपालले आफ्नो इतिहासमै पहिलो एक दिवसीय शृंखला खेल्दा नेदरल्यान्ड्सविरुद्धको दोस्रो एक दिवसीय खेलमा ‘डेब्यू’ गर्ने अवसर पाएका थिए। एक दिवसीय खेलमा डेब्यू गर्दा उनी १५ वर्ष तीन सय ३५ दिनका थिए।

यस अघि नेपाललेनै ५० ओभरको अन्तर्राष्ट्रिय खेलमा सबै भन्दा कम बलमा जित हाँशिल गर्दै कीर्तिमान रचिसकेको छ । नेपालले सन् २००६ मा एसियाली क्रिकेट काउन्सिल (एसीसी) कपअन्तर्गत भएको खेलमा म्यानमारले दिएको ११ रनको लक्ष्य दुई बलमै पार गरेको थियो ।

नेपालको शानदार जित 

युएईसँगको दोश्रो एकदिवसीय खेलमा रोहितले विश्व रेकर्ड मात्र बनाएनन् नेपाल एक सय ४५ रनको भारी अन्तरले विजयी समेत भयो । शुक्रबारको पहिलो एकदिवसीय खेलमा युएईसँग तीन विकेटले पराजित भएको नेपालले सनिबार भने ठूलो अन्तरको जित हात पार्न सफल भयो । 

दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमीको मैदानमा टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४२ रनको योगफल खडा गरेको थियो । यो योगफल नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जोडेको अहिलेसम्मकै सर्वाधिक योगफलसमेत हो ।

जवाफमा घरेलु टोली यूएई १९.३ ओभरमा ९७ रनमै अलआउट हुन पुग्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी