२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व क्रिकेटमा रोहितले रचे नयाँ कीर्तिमान, नेपालको शानदार जित

२०७५, १२ माघ शनिबार १५:२७

माघ १२, काठमाडौं | नेपाली युवा क्रिकेटर रोहितकुमार पौडेलले विश्व क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । एकदिवसीय क्रिकेट शृङखला अन्तर्गत यूएईसँगको दोस्रो खेलमा कम उमेरमै अर्धशतक बनाएर रोहितले आफ्नो नाममा विश्व क्रिकेटमै नयाँ रेकर्ड बनाएका हुन् । 

अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि भारतीय प्रभावशाली खेलाडी सचिन तेन्दुल्कर र पाकिस्तानी शाहिद अफ्रिदीको रेकर्डलाई तोड्दै नेपाली खेलाडी रोहितले आफ्नो नाममा सबैभन्दा कम उमेरमै अर्धसाताक हानेर विश्व रेकर्ड रचेका हुन् । शनिबार १६ वर्ष एक सय ४६ दिनको उमेरमै रोहितले अर्धशतकको रेकर्ड बनाएका हुन् । 

यसअघि सचिन तेन्दुलकरले १६ वर्ष दुई सय १३ दिनको उमेरमा पाकिस्तानविरुद्ध टेस्ट गेममा ५९ रन बनाउँदै कम उमेरमा अर्धशतकको रेकर्ड बनाएका थिए । त्यस्तै शाहिद अफ्रिदीले १६ वर्ष दुई सय १७ दिनको उमेरमा श्रीलंकाविरुद्धको खेलमा जम्मा ३७ बलमा शतक हानेका थिए । पौडेलले एकदिवसीय शृङ्खला अन्तर्गत यूएईविरुद्धको खेलमा ५८ बलमा ५५ रन बनाउँदै विश्व रेकर्ड बनाएका हुन् । 

रोहित अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा डेब्यू गर्ने सबै भन्दा कम उमेरका खेलाडीमध्ये पर्छन् । उनले गत अगष्टमा नेपालले आफ्नो इतिहासमै पहिलो एक दिवसीय शृंखला खेल्दा नेदरल्यान्ड्सविरुद्धको दोस्रो एक दिवसीय खेलमा ‘डेब्यू’ गर्ने अवसर पाएका थिए। एक दिवसीय खेलमा डेब्यू गर्दा उनी १५ वर्ष तीन सय ३५ दिनका थिए।

यस अघि नेपाललेनै ५० ओभरको अन्तर्राष्ट्रिय खेलमा सबै भन्दा कम बलमा जित हाँशिल गर्दै कीर्तिमान रचिसकेको छ । नेपालले सन् २००६ मा एसियाली क्रिकेट काउन्सिल (एसीसी) कपअन्तर्गत भएको खेलमा म्यानमारले दिएको ११ रनको लक्ष्य दुई बलमै पार गरेको थियो ।

नेपालको शानदार जित 

युएईसँगको दोश्रो एकदिवसीय खेलमा रोहितले विश्व रेकर्ड मात्र बनाएनन् नेपाल एक सय ४५ रनको भारी अन्तरले विजयी समेत भयो । शुक्रबारको पहिलो एकदिवसीय खेलमा युएईसँग तीन विकेटले पराजित भएको नेपालले सनिबार भने ठूलो अन्तरको जित हात पार्न सफल भयो । 

दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमीको मैदानमा टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४२ रनको योगफल खडा गरेको थियो । यो योगफल नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जोडेको अहिलेसम्मकै सर्वाधिक योगफलसमेत हो ।

जवाफमा घरेलु टोली यूएई १९.३ ओभरमा ९७ रनमै अलआउट हुन पुग्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति