८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका लागि आज क्रिकेटमा इतिहास कायम गर्ने मौका

१४ माघ २०७५, सोमबार ०५:५९

कुमारप्रसाद चौलागाई | माघ १४, काठमान्डौ | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ । 

गत वर्ष एक दिवसीय अन्तर्राष्टिय मान्यता पाएपछिको दोस्रो एक दिवसीय शृङ्खला खेलिरहेको नेपालका लागि पहिलो पटक एक दिवसीय शृङ्खला जित्ने अवसर मिलेको हो । संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको नेपालले आज घरेलु टोलीसँग तेस्रो एक दिवसीय खेल खेल्दैछ । 

घरेलु टोलीसँग तीन खेलको एक दिवसीय र तीनवटा टी–२० सिरिजका लागि युएईमा रहेको नेपालले आज अन्तिम एक दिवसीय खेल खेल्न लागेको हो । यसअघि भएको पहिलो खेलमा पराजित तथा दोस्रो खेलमा विजयी भएको नेपालले आजको खेल जित्न सके नेपाली क्रिकेट इतिहासमा पहिलो एक दिवसीय शृङ्खला जित्ने इतिहास कायम गर्नेछ । 

नेपालले खेलेको पहिलो एक दिवसीय शृङ्खला भने बराबरी भएको थियो । नेपालले गएको असारमा नेदरल्याण्डसँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो । जुन शृङ्खला १–१ को बराबरीमा सकिएको थियो । 

नेपालले शृङ्खला जित्ने जित्ने आधार 

युएईको बलियो पक्ष रहँदै आएको ब्याटिङ यो शृङ्खलामा नचल्नु युएई हारको प्रमुख कारण बनेको छ । पहिलो खेलमा युएईलाई नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याउन हम्मेहम्मे परेको थियो भने दोस्रो खेलमा युएई ९७ रनमै समेटिएको थियो । 

युएईका अनुभवी खेलाडी तथा कप्तान रोहन मुस्तफा र रामिज शाहजादको अनुपस्थितिले युएईको ब्याट कमजोर बनेको छ । मुस्तफा र शाहजादसहित एहमद राजा युएई क्रिकेट बोर्डले आठ हप्ताको लागि निलम्बन गरेको छ । 

यसैगरी विश्वस्तरीय स्पिनर सन्दिप लामिछानेको उपस्थितिले नेपालको बलिङ पक्ष मजबुत रहेको छ भने सोमपाल कामीको लय पनि उत्कृष्ट रहेको छ । सन्दिप र सोमपालले दुई खेलमा समान छ÷छ विकेट लिइसकेका छन् । 

यसैगरी पहिलो खेलको तुलनामा नेपालले ब्याटिङमा निकै सुधार गरेको छ । पहिलो खेलमा ११३ रनमा ‘अल आउट’ भएको नेपालले दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै २४२ रन बनाएको । 

नेपालका प्रशिक्षक जगत टमाटाले दोस्रो खेलको जस्तै नेपालले उत्कृष्ट ब्याटिङ गरे आजको खेल जित्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “बलिङमा हामीलाई समस्या छैन, ब्याटिङ लाइन राम्रो हुनसके हामी शृङ्खला जित्छौँ ।” 

नेपाललाई पहिलो एक दिवसीय शृङ्खला जित्न आजको खेलमा शनिबारको खेल प्रदर्शनलाई कायम राख्न सक्नुपर्ने कप्तान पारस खड्काको भनाइ छ । दोस्रो खेलमा युवा स्टार रोहितकुमार पौडेलले कीर्तिमानी अर्धशतक बनाएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी