२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफ्रिकी क्रिकेटर जोन्टी डिपिएलको सद्भावना राजदूतमा

२०७५, १६ माघ बुधबार ११:०४

माघ १६, धनगढी | यहाँ आयोजना हुन लागेको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को तेस्रो संस्करणको सद्भावना राजदूतमा दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स नियुक्त हुनुभएको छ । 

दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स आफ्नो उत्कृष्ट फिल्डिङका कारण विश्व प्रसिद्ध रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । 


प्रतियोगिताको ‘गुडविल एम्बास्डर’ (सद्भावना राजदूत)का रुपमा जोन्टीको आगमनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र विश्व क्रिकेट जगत्को ध्यान प्रतियोगितामा तानिने विश्वास गरिएको आयोजकले विज्ञप्तिमार्फत जनाएको छ । 

माघ २६ गतेबाट आयोजना हुने डिपिएल क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । डिपिएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता दिइसकेको छ । 

डिपिएल प्रतियोगिताको आयोजनासँगै देशमा पहिलो पटक खेलाडीको बोलकबोल (अक्सन) गराउँदै नेपाली क्रिकेटलाई व्यावसायिक रुपमा अघि बढाइएको छ । प्रतियोगितामा सहभागी हुने छ वटै टोलीलाई दुईजना अनिवार्य व्यावसायिक खेलाडी राख्नुपर्ने प्रावधानअनुरुप खेलाडीको बोलकबोल (अक्सन)को शुरुवात गरिएको हो । 

रुस्लान डिपिएलको तेस्रो संस्करण अनुमानित लागत रु पाँच करोडको लागतमा धनगढीको फाप्ला क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डन्स गरी छ वटा फ्रेन्चाइजी टोलीले सहभागिता जनाउँदैछन् । 

छ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन् । डिपिएलका प्रत्येक टोलीले अक्सनबाट १२ खेलाडी, एक रणनीतिक खेलाडी र दुई विदेशी गरी १५÷१५ खेलाडीलाई टोलीसँग आबद्ध गराईसकेका छन् । 

टी–२० प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ । लिग चरणमा प्रत्येक टोलीले अरु टोलीसँग एक–एक खेल खेल्ने जनाइएको छ । 

शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टोलीको विजेता फाइनलमा पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति