१३ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टी–२० क्रिकेट: शृङ्खला जोगाउन नेपालले आज युएईलाई जित्नैपर्ने

१८ माघ २०७५, शुक्रबार ०३:३७

माघ १८, काठमाडौँ (रासस) | संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ । 

तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब छ । 

आजको खेल जित्नसके नेपालले शृङ्खला जित्ने सम्भावना कायम रहनेछ भने युएईले जिते एक खेलअगावै शृङ्खला आफ्नो पक्षमा पार्नेछ । एक दिवसीय शृङ्खला गुमाइसकेको घरेलु टोली यूएईका लागि टि–२० शृङ्खला जित्न गर या मरको अवस्थामा छ । 

पहिलो खेल गुमाएर पनि पछिल्ला दुई खेल जितेर एकदिवसीय शृङ्खलामा कब्जा जमाउन सफल नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे शुरु हुनेछ । घरेलु टोलीविरुद्धको दोस्रो खेलका लागि मैदानमा उत्रँदा नेपाल शृङ्खला जोगाउने लक्ष्यमा हुनेछ । 

पहिलो टि–२० खेलमा २१ रनले पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै तीन खेलको शृङ्खला एक–एक जीतको बराबरी गर्न चाहन्छ तर, घरेलु टोलीविरुद्ध नेपाललाई जीत निकाल्न निकै कठिन हुनेछ । 

टी–२० विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी–२० शृङ्खला जित्न सकेको छैन् । शृङ्खला जिते यसपटक नेपालले अर्को इतिहास रच्नेछ । नेपालले हालसम्म दुई टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिसकेको छ । बङ्गलादेशमा सम्पन्न सन् २०१४ को टी–२० विश्वकप खेलेको नेपालले त्यही वर्ष हङकङसँग श्रीलङ्कामा पहिलोपटक पाँच खेलको शृङ्खला खेलेको थियो तर, उक्त शृङ्खलाका चार खेल वर्षाको कारण रद्द भएको थियो । अन्तिम खेलमा भने नेपाल हङकङसँग दुई विकेटले पराजित भएको थियो । 

यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्ड्सविरुद्ध चार खेलको टी–२० शृङ्खला खेलेको थियो । जसमा नेपालले शृङ्खला तीन–एक ले गुमाएको थियो । पहिलो रोजाइका ब्याट्सम्यानले रन बनाउन नसक्दा बिहीबारको खेलमा पराजित हुनुपरेको बताउँदै नेपाली टोलीका कप्तान पारस खड्काले बिहीबारको गल्ती सच्याउँदै आज मैदान उत्रने बताए । 

“नेपालका शीर्ष क्रमका कुनै पनि ब्याट्सम्यानले विजयी इनिङ्स खेल्न सकेनन् । सन्दीप जोराले एक्लै ५३ रन बनाउँदा नेपालका शीर्ष पाँच ब्याट्सम्यानले बनाएको कुल रन ४० मात्र रह्यो”, खड्काको भनाइ थियो । 

एक दिवसीय शृङ्खलामा पनि नेपालले पहिलो खेल गुमाएको थियो भने पछिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शृङ्खला आफ्नो पक्षमा पारेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ड्राइ सिजनमा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ प्रमुख दुई दलको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ महोत्तरीमा एनपीएल विजेता जनकपुर बोल्ट्सको ‘ट्रफी परेड’ पीएल सिंहले छाडेर गएका कामहरुलाई निरन्तरता दिनुपर्छ : देउवा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात सुरु जानकी मन्दिरमा बेलायती राजदूत फेनले मनाए २२ औं वैवाहिक वर्षगाठ कारले ३५ जनाको हत्या गर्ने एक व्यक्तिलाई दियो मृत्युदण्ड अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको आरोप सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन कार्यकक्षमै एक प्रहरी जवानले आफैँमाथि चलाए गोली ! कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा शाखालाई निर्देशन गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु,एक घाइते कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरले गर्यो पत्राचार जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै कालिकोटमा गयो भूकम्प, १३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प लगातार बढ्दै डलरको विनिमय दर,यस्तो छ आजको विनिमयदर आजको मौसम: दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रास्वपा संसदीय दलको नेतामा को ? बालेन भन्छन् – तीनकुने सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो