२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिकेटमा फेरी अर्को एतिहासिक सफलता: टीट्वान्टी शृङ्खला पनि नेपालकै हातमा

२०७५, २० माघ आईतवार १३:२४

माघ २०, काठमाडौं | नेपाली क्रिकेटले फेरी अर्को एतिहासिक सफलता हात पारेको छ । केहीबेर अघि संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै टीट्वान्टी शृङखलाको उपाधि पनि आफ्नो हातमा पार्न सफल भएको हो । यस अघि पनि नेपालले युएईकै विरुद्ध एक दिवसीय क्रिकेट शृङ्खला जितेको थियो  । 

आजको खेलमा नेपालको जितका लागि करण केसी, अविनाश बोहोरा, ललित राजबंशीले २/२ विकेट लिए भने सन्दिप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिए । 

टस जितेर पहिले फिल्ड रोजेको यूएईलाई अन्तिम खेलमा नेपालले ८ विकेटको क्षतिमा १०५ रनको लक्ष्य दिएको थियो । नेपालको यो स्कोर बनाउनमा कप्तान पारस खड्का र सन्दीप जोराको महत्वपूर्ण भूमिका रह्यो । खेलमा कप्तान पारस खड्काले १४ बलमा २९ रन जोडे भने सन्दिप जोराले ११ बलमा २८ रन्को योगफल तयार गरेका थिए । त्यस्तै बसन्त भण्डारीले २१ रन, ज्ञानेन्द्र मल्ल र सोमपाल कामीले समान ११/११ रन जोडे ।  

जितपछि रमाउंदै नेपाली समर्थकहरु / तश्वीर: ICC

१०५ रनको लक्ष्य पछ्याएको यूएईले राम्रो सुरुवात गरे पनि नेपालका लागि सोमपाल कामी, अविनाश बोहोरा र सन्दीप लामिछानेले महत्वपूर्ण विकेटहरु लिए । वर्षाका कारण आइतबारको खेल १० ओभरमा छोट्याइएको थियो । नेपालको सुरुवाती खेल खराब रहे पनि पाँचौ ओभरको खेल पछि खेल सम्हालिन पुग्यो । युएईको राम्रो स्कोर जोडेका खेलाडीहरुलाई बाहिर पठाउन सफल भएपछी नेपालले युएईको आक्रामक स्कोरलाई घटाउन सक्यो ।


क्रिजमा टिकेर महत्वपूर्ण स्कोर बनाउन सफल युएईका खेलाडीको विकेट लिएपछि युएई सुरुवाती ब्याटिङको लयमा फर्कन सकेन फलस्वरूप १०५ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले जम्मा ९० रनमै समेटिन पुग्यो । 

दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमी ओभलमा आज भएको खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण थियो । अघिल्लो दुईमध्ये नेपाल र यूएईले एक-एक खेल जितेकाले आजको खेल जित्नुले नै शृंखलाको उपाधि आफ्नो हातमा पर्ने थियो तर उक्त जित नेपालको पक्षमा आयो । 

टीट्वान्टी शृङ्खलाको पहिलो खेलमा यूएई २१ रनले विजयी भएको थियो। दोस्रो खेल नेपालले चार विकेटले जित्दै शृंखला बराबरी गरेको थियो । नेपालले सन् २०१४ को टीट्‍वेन्टी विश्वकपपछि दुई वर्षका लागि टीट्‍वेन्टी टोलीको मान्यता पाएको थियो । सो अवसरमा नेपालले दुई टीट्‍वेन्टी शृंखलासमेत खेलेको थियो। यद्यपि नेदरल्यान्ड्स र हङकङविरुद्धको दुवै शृंखलामा नेपाल पराजित भएको नेपालका लागि आइतबारको जित एतिहासिक बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति