८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शहीद स्मारक ‘बी’ डिभिजन लिग: आज दुई खेल हुँदै

२९ माघ २०७५, मंगलवार ०६:१८

माघ २९, काठमाडौँ | शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा टुसाल युथ क्लब र बासबारी क्लब प्रतिस्पर्धा गर्दैछन् । दिउँसो १२ः३० बजे हुने खेलमा टुसाल युथ दोस्रो जितको निकाल्न चाहन्छ भने बाँसबारी पहिलो जितको खोजीमा हुनेछ । 

यसअघि भएको खेलमा टुसालले बाग्मती क्लबलाई पराजित गरेको थियो । यस्तै बाँसबारी भने पुल्चोक स्पोर्टस् क्लबसँग पराजित भएको थियो । आजै हुने दोस्रो खेलमा झम्सिखेल युथ र नयाँबस्ती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिउँसोे ३ः३० बजे हुने खेलमा नयाँबस्ती पहिलो जितको खोजीमा हुनेछ । लिगको पहिलो खेलमा नयाँबस्ती आरसिटीसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । झम्सिखेल भने लगातार दोस्रो जितको खोजिमा रहेको छ । झम्सिखेलले लिगको उद्घाटन खेलमा ब्वाइज युनियन लाई १–० ले पराजित गरेको थियो । 

राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा दुई समूहका विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । एन्फाले १२ टोलीलाई दुई समूहमा विभागन गरेको छ । समूह ‘ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन क्लब रहेका छन् । 

यस्तै समूह ’बी’ मा टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लब छन् । लिगको विजेताले रु आठ लाख पाउने छ । उपविजेताले रु पाँच लाख, तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउनेछन् । लिग रेलिगेशनबिनाको हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी