८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्री कप रनिङ्गशिल्ड सुरु

१ फाल्गुन २०७५, बुधबार १८:३०

फागुन २, सुर्खेत | कर्णालीमा सर्वाधिक राशीको मुख्यमन्त्रीकप रनिङ्गशिल्ड सुरु भएको छ । प्रदेश सरकारको आयोजनामा बुधबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा महिला तथा पुरुष मुख्यमन्त्रीकप भलिबल प्रतियोगिता सुरु भएको हो ।

एकलाख माथि पुरस्कार राशी राखिएको कर्णाली प्रदेशमा भलिबल खेलको यो पहिलो प्रतियोगिता हो । सामाजिक विकास मन्त्रालयअन्तर्गत खेलकुद प्रतियोगिताका लागि विनियोजित बजेटबाट यसपटक नेपालको राष्ट्रिय खेल भलिबलको विकासका लागि मुख्ममन्त्री रनिङ्गशिल्ड नाममा प्रतियोगिता आयोजना गरिएको आयोजक मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आगामी शनिबारसम्म प्रतियोगिता संचालन हुने भएको छ ।


प्रतियोगिताको उद्घाटनमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास र शिक्षाका हिसावले निकै पछाडि मानिएको कर्णालीलाई खेलकुदको क्षेत्रका रुपमा परिचित गराउने प्रतिबद्धता जनाए । ‘हाम्रो कर्णालीमा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा क्षमता देखाउन सक्ने खेलाडि छन्, गाउँमा लुकेर रहेका प्रतिभालाई व्यवसायिक खेलप्रति उत्साहित गराउन नै यो प्रतियोगिता आयोजना गरिएको हो’ उनले भने, ‘सुर्खेतमा मात्रै होइन, अब अन्तर्राष्ट्रिय स्तरमा समेत कर्णालीका खेलाडिको आवश्यकता यस प्रतियोगिताले दर्शाउनेछ ।’ प्रदेश सरकार खेलकुदको विकासका लागि जिम्मेवार भएको बताउँदै उनले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता गरे ।


प्रतियोगिताको पहिलो दिन नै जुम्लाले अग्रता लिएको छ । बुधबार भएको दोस्रो खेलमा पुरुष तर्फ विजयी भएको जुम्लाले महिला तर्फको खेलमा पनि विजय हासिल गरेको छ । डोल्पालाई हराउँदै पुरुष टिमले जित निकालेको थिया भने, महिलातर्फ जाजरकोटलाई हराउँदै आफ्नो जीत सुरुवात गरेको छ । यस्तै, बुधबार नै भएको पुरुषतर्फको खेलमा हुम्लालाई हराउँदै जाजरकोट विजयी भएको छ । महिला तर्फ दैलेख र मुगुबीचको खेलमा दैलेखले जित निकालेको छ भने, महिलातर्फ नै रुकुम पश्चिमलाई हराउँदै कालिकोटले विजयी सुरुवात निकालेको छ ।

१० जिल्ला रहेको कर्णालीका प्रत्येक जिल्लाबाट एक/एक वटा महिला पुरुषका टिम सहभागी भएको प्रतियोगितामा प्रथम हुने टिमले शिल्ड सहित नगद एक/एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दृतियलाई ७५/७५ हजार नगदसहित प्रमाणपत्र र तृतिय हुने टिमलाई नगद ५०/५० हजार प्रदान गरिने आयोजकले जनाएको छ । सामाजिक विकास मन्त्रालयका सचिव बिकका अनुसार खेल तयारीका लागि यसअघि नै प्रत्येक जिल्लामा एक/एक लाख रुपैयाँ नगद सहयोग पठाइसकिएको थियो । प्रतियोगिता अवधिभर उत्कष्ट हुने एक महिला र एक पुरुष खेलाडिलाई नगद पाँच/पाँच हजार पुरस्कार समेत उपलब्ध गराइने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी