८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला टि–२० क्रिकेट लिग चैतमा हुँदै

४ फाल्गुन २०७५, शनिबार ०३:२२

फागुन ४, काठमाडौँ (रासस) | एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । 

प्रालिले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलतालाई निन्तरता दिन र अझै प्रतिस्पर्धी बनाउन आगामी चैत १ देखि ९ गतेसम विराटनगरमा टि–२० प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ । 

विराटनगरस्थित वैज्यनाथपुरको क्रिकेट मैदानमा हुने प्रतियोगितामा देशका चार शहरका नामबाट चार टोलीले प्रतिस्पर्धा गर्ने तथा शहर र टोली केही दिनपछि घोषणा गरिने प्रालिका अध्यक्ष जयराज रायले जानकारी दिनुभयो । मुलुकभित्र हुने अधिकांश प्रतियोगिता पुरुष खेलाडीका लागि मात्र केन्द्रित रहँदै आएकाले सो सँगै महिला क्रिकेटरलाई अघि बढाउने उद्देश्यसाथ प्रालिले महिला टि–२० लिग आयोजना गर्न लागेको उहाँको भनाइ थियो । प्रतियोगिताको पुरस्कार राशि र सहभागी टोलीबारे छलफल भइरहेकोले केही समयपछि जानकारी दिने आयोजकले जनाएको छ । 

राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले यस्ता प्रतियोगिताले महिला खेलाडीले ठूलो प्रोत्साहन पाउने र खेलको विकासमा समेत मद्धत पुग्ने बताउनुभयो । क्रिकेटको विश्वकप जित्ने मुलुकमा समेत महिला लिग शुरु हुन नसकेको अवस्थामा नेपालमा खेल शुरु हुनु सुखद् भएको बताउँदै उहाँले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । 

राष्ट्रिय महिला टोलीका कप्तान रुविना क्षेत्रीले लिगका लागि महिला खेलाडी उत्साहित भएको प्रतिक्रिया दिनुभयो । प्रतियोगिताको शहर, टोली र खेल तालीकासहित पुरस्कार रकम भने केही समयपछि सार्वजनिक गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी