८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालद्वारा मलेसिया ३४ रनले पराजित

७ फाल्गुन २०७५, मंगलवार ०७:०१

फागुन ७, एजेन्सी  | थाइल्यान्डमा जारी आईसीसी वुमन्स क्वालिफायर एसिया अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसियामाथि ३४ रनको जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरमा ५ विकेट गुमाइ १२६ रन बनाएको थियो ।

१२७ रनको लक्ष्य पछ्याएको मलेसियाको महिला टोलीले २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनायो ।  नेपालका लागि सरिता मगर र करुणा भण्डारीले मलेसियाको २–२ विकेट लिए । त्यसैगरी करूणा कुँवर र सीता राना मगरले १-१ विकेट लिए । 

 ब्याटिङमा नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि काजल श्रेष्ठले र सीता रानामगरले  ४६ रनको साझेदारी गरेका थिए । नेपालका लागि सीता राना मगरले सर्वाधिक ४२ रन बनाइन ४० बल खेलेकी उनले २ चौकासमेत प्रहार गरिन ।  कप्तान रुबिना क्षेत्रीले २५ बलमा ३३ रन बनाइन भने काजल श्रेष्ठले १६ रनको योगदान गरिन ।  

प्रतियोगितामा एसियाका एसोसिएटतर्फका शीर्ष सात टोलीको सहभागीता रहेको छ । नेपाल सहित थाइल्याण्ड, युएई, हङकङ, कुवेत, मलेसिया र चीन प्रतियोगितामा छन् । 

२० ओभरको यो प्रतियोगितालाई आईसीसीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने महिला टीट्वेन्टी विश्वकप र सन् २०२१ मा न्युजिल्यान्डमा आयोजना हुने एक दिवसीय  विश्वकप दुवैको एसियाली छनोट प्रतियोगिताका रूपमा लिएको छ। 

सिंगल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने छनोट प्रतियोगितामार्फत शीर्ष स्थानमा रहने एक टोली मात्रै यी दुवै विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा पुग्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी