२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आहा रारा गोल्डकपमा १० टोली

२०७५, ८ फाल्गुन बुधबार ०२:५९

फागुन ८, कास्की (रासस) | पोखराको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ‘आहा रारा गोल्डकप’मा दुई विदेशीसहित १० टिम सहभागी हुने भएका छन् । 

पोखरालाई खेलकूद शहरकहा रुपमा स्थापित गराउने उद्देश्यअनुरुप यही फागुन ९ देखि १८ गतेसम्म पोखरा रङ्गशालामा १७औँ संस्करणको प्रतियोगिता हुँदैछ । शहीद स्मारक लिग विजेता मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिस क्लब सहभागी हुनेछन् । धरान फुटबल क्लब, युनाइटेड सिक्किम भारत, थ्रीस्टार, आयोजक सहारा, डफिन्स फेमिली क्यामरुन र हिमालयन शेर्पा क्लबले समेत प्रतियोगिता खेल्ने निश्चित भएको सहारा क्लब क्लबका अध्यक्ष केशबबहादुर थापाले बताउनुभयो । 

“विगत वर्षमा १२ टिम समावेश भए पनि यसपटक अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतियोगिताको समय १० दिनमात्र उपलब्ध गराएका कारण टिम सङ्ख्या कम भएको हो”, उहाँले भन्नुभयो । उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । विजेताले रु आठ लाख एक हजार तथा उपविजेताले रु चार लाख एक हजार पुरस्कार प्राप्त गर्नेछ । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान अप्रिला स्कुटर, उत्कृष्ट डिफेन्डर, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई जनही रु १५ हजार प्रदान गरिने प्रतियोगिता संयोजक हरिराम गुरुङले जानकारी दिनुभयो । सर्वाधिक गोलकर्ता खेलाडीलाई रु २५ हजार र प्रतियोगिता अवधिभर टिकट काटेर अवलोकन गर्ने दर्शकमध्येबाट एक जनालाई एक थान एलजी टेलिभिजन प्रदान गरिनेछ । विसं २०७४ मा उत्कृष्ट खेल प्रदर्शन गर्ने राष्ट्रिय फुटबल टिमका एक जनालाई रु ३५ हजारसहित सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सम्मानित गरिनेछ । सहाराले प्रतियोगिताबाट बचत रकम पोखरा–१७ दोविल्लामा सञ्चालित ‘सहारा फुटबल एकेडेमी’मा खर्च गर्दै आएको छ । देशका विभिन्न जिल्लाका असहाय र गरीब बालबालिकालाई एकेडेमीमा राखेर क्लबले शिक्षाका साथसाथै फुटबल सिकाउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति