८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

९ फाल्गुन २०७५, बिहीबार ०७:४३

फागुन ९, काठमाडौँ | आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो । एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६७ रनमा समेटियो । 

नेपालकी इन्दु वर्माले ३२ र सरिता राना मगरले १८ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रनको योगफल बनाएको थियो । थाइल्याण्डको जीतमा चानिदा सिथुरुवाङले सर्वाधिक ३५ रनको योगदान दिइन् भने नारुमोल चाइमाईले ३२, वाङ्पाका लिङ्प्रार्सटले २८ तथा नटया बोचाथाम १२ रन जोडे । 

बलिङतर्फ नेपालका नेरी थापा र कृष्णा कुँवरले दुई दुई विकेट झारे भने कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिए । राउण्ड रोविनका आधारमा हुने उक्त छनोट प्रतियोगिताका विजेताले आइसीसी महिला टी–ट्वण्टी विश्वकपको ग्लोबल छनोटमा पुग्ने मौका पाउनेछ । जारी खेलमा दुई खेल खेलेको नेपालको यो पहिलो हार हो । यसअघि खेलको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजित गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी