८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइसिसी टि–२० वरियतामा नेपालका तीन खेलाडी

१६ फाल्गुन २०७५, बिहीबार २३:५७

फागुन १७, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । 

आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन् । 

वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८औँ स्थानमा उक्लिएका छन् । ७६ अङ्क पाएका कप्तान पारसको यो करिअरकै ठूलो वरियता हो । अघिल्लो महीना पारस ४०औँ स्थानमा रहेका थिए । उनी ब्याटिङतर्फ पनि दुई स्थान सुधार गर्दै ९२औँ स्थानमा उक्लिएका छन् । अघिल्लो महीना पारस ९०औँ स्थानमा थिए । 

यएईमा हालै सम्पन्न टि–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेपछि नेपाली खेलाडीले वरियतामा सुधार गरेका हुन् । 

अलराउण्डरतर्फ ६० अङ्क पाएका सोमपाल ५०औँ स्थानमा रहेका छन् । यसअघि सोमपाल ५१औँ स्थानमा थिए । त्यस्तै समान ४०९ अङ्क प्राप्त गर्दै बलिङमा सोमपाल ७० र वसन्त ७१औँ स्थानमा छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी