2026-09-14 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पर्वतले तेक्वान्दोमा ५ गोल्ड मेडल जिल्यो

पर्वत । पर्वतले तेक्वान्दोमा पाँच गोल्ड मेडल जितेको छ । आठौ राष्ट्रिय खेलकुदको लागि भएको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा पर्वतले ५ गोल्ड मेडल सहित, तीन सिल्भर र २ काँस्य पद जितेको हो ।

गोल्ड मेडल जितेका खेलाडी आठौ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको नेतृत्व गर्दै सहभागी हुनेछन् ।

प्रदेशस्तरीय छनोट प्रतियोपगतामा गणेश सिलवाल (६३केजी), इश्वर नेपाली (७४ केजी), लगन श्रेष्ठ (८० केजी), उत्तम मल्ल (८७केजी) र दिपक फगामी पुन (८७ पलस) मा पर्वतलाई गोल्ड मेडल जिताएका हुन् ।

त्यस्तै पर्वतको लागि तीन जनाले सिल्भल मेडल जितेका छन् । सिल्भर मेडल पाउनेमा गणेश नेपाली (५८ केजी), सोनिया माझी (४६), अमिसा सुवेदी (६७) रहेका छन् ।

त्यस्तै कास्य मेडल जित्नेमा आस्था शर्मा (४९केजी) र सुजन रोका (६८ केजी) रहेका प्रशिक्षक भरत श्रेष्ठले बताए ।
उनका अनुसार पुम्से ग्रुपमा सोनिया माझी, ज्योति क्षेत्री, जशिमा महतो, महिला सिङ्गलमा आस्था शर्मा, पुम्से पुरुषमा शमिर थापा मगर, मिलन विक र प्रशान्त परियारले जितेका छन्। पुरुष पुम्सेमा शमिर थापा मगर र पियर मेलमा समिर थापा मगर र आस्था शर्माले मेडल पाएका हुन् । खेलमा ८ जिल्ला सहभागी भएका थिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम गुरुङले छनोट प्रतियोगितामा खेलाडिहरुले देखाएको प्रदर्शनीले राष्ट्रिय प्रतियोगितामा पनि उपाधि जिताउने आफूले विश्वास लिएको बताए । उनले खेलाडिहरुको प्रर्दशनले आफूलाई राष्ट्रिय प्रतियोगितामा पनि पद मिल्ने विश्वास रहेको बताए ।

पर्वत तेक्वान्दोका अध्यक्ष इन्द्रमान खत्रीले खेलाडिहरुले कुशलताका साथ खेलेका कारण पनि यो सफलता पर्वतलाई मिलेको बताए । उनले खेलाडिहरुको मनोबल उच्च राख्नको लागि जिल्ला खेलकुद विकास समितिले आवश्यक पूर्वधार तयार पार्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ